परम्परागत ज्ञान, सिप र संस्कारको प्रबर्द्धन मार्फत स्वरोजगार तथा आयआर्जनमा बृद्दि, मेलुङ- ७

  • प्रकाशित मिति : July 3, 2022
  • कान्तिपुर सञ्चार

असार १९, दोलखा । गाउँ गाउँले पनि सिप विकास तर्फ कार्ययोजना तयार गदैँछ । त्यसै गरी मेलुङ गाउँपालिकाको वडा नं. ७ मा परम्परागत ज्ञान, सिप र संस्कारको प्रबर्द्धन मार्फत स्वरोजगार तथा आयआर्जनमा बृद्दि गर्ने प्रमुख लक्ष्यका साथ प्रौढ तथा बृद्ध आमाहरुलाइ कपासको बत्ती काट्ने र स्थानिय स्तरमा उपलब्ध बर, पिपल, स्वामि, आप र चापको पत्ता बेरेर बनाइने पन्चपल्ला तयार गर्ने कार्य अभियानको रुपमा अगाडी बढाइएको छ ।

नेपाली धर्म संकृति, रितिरिवाजमा हातले काटेको कपासको बत्तिको प्रयोग र माग बढ्दो छ । एक लाख हातले काटेको बत्तिको बजार मुल्य रु.७००० देखि १०,००० सम्म पर्न जान्छ, यसरी हातले काटिएको बत्तिको मूल्याकन बढदो अवस्थामा हामीले यस्ता कार्ययोजना तयार गरी प्रक्षिक्षण गरेको खुलासा गरेका छन । जब कि सो बत्तिकाट्ने कपास रु ३०० को भए पुग्द छ । बत्ति काट्न फर्जुल समयको सदुपयोग गर्दा पुग्दछ । यो कार्य टिभी हेर्दै, एक आपसमा कुराकानी गर्दै वा यस्तै अन्य काम गर्दा गर्दै पनि यो कार्य गर्न सकिन्छ ।

मेलुङ गाउँपालिका वडा नं. ७का अध्यक्ष नवराज खड्का भन्नु हुन्छ । त्यस्तै पन्चपल्लब बनाउन माथि उल्लेख गरेको पाच थरिका पात जम्मा गरेर राम्रोसग बेटारेर पराल वा बाबियो वा केराको सुताले बानिदिए पछि एक वटाको रु. १० मा बिक्री गर्न सकिन्छ । हाललार्इ चरिकोट्मा रहेको भिमेश्वर पुजा पसलले सो उत्पादन माथिको मुल्यमा खरिद गरिदिने सहमति भएको छ ।

यि र यस्ता कार्य परम्परागत रुपमा हिजो देखी गर्दै आएको हो । हामीले यसलार्इ केबल व्यावसायिक रूपमा जोडन र लोप हुदै गएको यस किसिमको सिपको उत्थान गर्न खोजिएको पनि हो ।

आज आधुनिकताको नाममा हामीले हाम्रो परम्परा सिप क्षमता गुमाउँदै गएका छौं । यसले हामीलाई कालन्तरमा सास्कृतिक र आर्थिक रूपमा बिपन्न बनाउदै लैजान्छ ।

यस पक्षलाई समेत ख्याल गर्दै मेलुङ ७ को टोल बस्तीमा शिब पार्बति आय आर्जन समुह गठन गरिएको छ । जसबाट जेष्ठ नागरीकहरुलाई एक आपसमा भेला हुने मनका कुराकानि गर्ने रमाइलो बातावरण समेत बन्दै जाने छ, भने अर्को तर्फ हाम्रो नेपाली समाजमा एक जना कमाउने ४ जना अनि उ प्रति आर्सित हुने र खर्च धान्न नसकेर बिस्तारै आर्थिक संकट गहिरिदै गहिरहेको बर्तमान अबस्थालार्इ केहि हतसम्म यसले समधान दिन सक्छ ।