परिवर्तन किन हुन सकिराखेका छैन

  • प्रकाशित मिति : June 30, 2022
  • कान्तिपुर सञ्चार

मेलुङ, दोलखा । हामी परिवर्तन किन हुन सकिराखेका छैनौँ । अरुलाई तल पारेर आफु छालाको खोल ओढ्न तयार भइरयौँ तर कहिले परिवर्तन हुन सकेनौँ । यो कसका कारण, के कारणले हामी परिवर्तन हुन सकेनौँ । साचीकै परिवर्तन नै चाहानेहरु किन चुप लागेर बसेका छन । परिवर्तन कै खोजी गर्नेहरुले आखिरमा केबाट आफुलाई सुरुवात गरेका छन । खै कतै हामीले नियाल्न पनि सकेका छैनौँ ।

परिवर्तनको नाममा खोल ओढ्नेहरु आज भोलि सामाजिक सञ्चालमा मात्र सिमित रहेका छन । हामीले यहि परिवर्तन समभव छ दिगो विकास र सामाजिकआर्थिक बृद्धि भनेर प्रयास गर्दै गर्दा कसैबाट पनि यसो गरौँ । हामी साथ दिन्छौँ भनेर कोही अघि बढेको आजसम्म भेटाएका छैनौँ ।

आखिरमा यो त सामाजिक सञ्चालबाट गाउँमा रहेका ति सोझा साझा अभिभावकहरुलाई भुलाउने कोस्सि मात्र रहेछ । तर पनि हामी अनुसन्धानका साथ साथै दिन प्रति दिन सवैमा भलाकुसारी गर्ने कोसिस गरिनै रहेका छौँ । हामी कहिले पछि हटेका थिएनौ र छैनौँ पनि यो सवैमा जानकारी रहि रहोस ।

उठ यूवा जुट यूवा
हामीले नगरे कसले गर्ने
अहिले नगरे कहिले गर्ने
अभियानलाई मूल्यवान र नारा बोकि अघि बढदै छौँ ।

हाम्रा प्रस्ताव

कृषिमा क्रान्ति
शिक्षामा गुणस्तर
यातायातमा विद्युतिय यन्त्र
रोजगारी
जस्ता अनेकौँ विषय बस्तुहरुलाई सगै साथ साथै अघि बढाउन सकिन्छ तर हाम्रो पालो र हामीलाई विस्वास कहिले गर्ने ति सम्बन्धित निकायमा बसेका ब्वासाहरुले र परिवर्तन कहिले गर्ने यहि विड्म्बना छ ।