पेट्रोलियम पदार्थको मूल्यमा नयाँ कीर्तिमान

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

विश्व बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्य प्रतिब्यारेल १३० रुपैयाँ पुगेको छ । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० डलरभन्दा माथि पुगेको हो ।

 

यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ भने तरल प्राकृतिक ग्यासको मूल्य पनि प्रति ब्यारेल ५ डलरभन्दामाथि पुगेको छ । रुस र युक्रेनको युद्धको प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको दोस्रो ठूलो पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक हो । यही मुलुक छिमेकी युक्रेनसँग सैन्य भिडन्तमा उल्झेपछि पेट्रोलियम पदार्थको मूल्यले दिनदिनै नयाँ कीर्तिमानी मूल्य कायम गर्दैछ ।