प्रचण्ड र बाबुराम भट्टराईबीच भेट

  • प्रकाशित मिति : July 1, 2022
  • कान्तिपुर सञ्चार

असार १७, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।

बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको उपराष्ट्रपतिनिकट स्रोतले बतायो।

उनीहरूबीच समय-समयमा उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा भेट हुने गर्छ।

बुधबार मात्र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गरेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भट्टराईनिकट स्रोतले भने उनी माओवादीमा नफर्किने दाबी गरेको छ। भट्टराईले २०७२ सालमा माओवादी त्यागेका हुन्।