प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

  • प्रकाशित मिति : April 6, 2023
  • कान्तिपुर सञ्चार

२३ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विध्येक टेबुल गर्ने कार्यसूची छ ।

यस्तै आजकै बैठकबाट सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूलाई मनोनीत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।