बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • प्रकाशित मिति : July 1, 2022
  • कान्तिपुर सञ्चार

असार १७, काठमाडौँ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९ -०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार हिजो बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।

 

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९ – ०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।
सरकारको आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालु तर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरणतर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।