बाढीपहिरो प्रभावितलाई राहत दिन राप्रपाको माग

  • प्रकाशित मिति : June 30, 2022
  • कान्तिपुर सञ्चार

बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन राप्रपाले माग गरेको छ।

आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर बाढीपहिरोपीडित जनतालाई राहत उपलब्ध गराउन माग गरेका हुन्।

साथै अध्यक्ष लिङ्देनले बाढीपहिरोमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ कामना गरेका छन्।

बाढीपहिरोमा परेर विस्थापित भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि उनले माग गरेका छन्।