बालुवाटारमा सत्ता गठबन्धनको बैठक: काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण

  • प्रकाशित मिति : August 15, 2022
  • कान्तिपुर सञ्चार

साउन ३०, काठमाडौँ । सत्तारूढ गठबन्धनले काठमाडौंका सडकमा थुप्रिएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।

आइतबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले थुप्रिएको फोहोर तत्काल उठाउन सकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो।

बाटो बिग्रिएका कारण पछिल्लो समय काठमाडौंको फोहोर बञ्चरेडाँडासम्म पुर्‍याउन सकिएको छैन।

पानी परेपछि फोहोर सडकमै बगेको देखिन्छ।

गठबन्धनका शीर्ष नेताहरूको बैठकले महंगी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ।

महंगी नियन्त्रणका लागि बजार अनुगमन गर्न संयन्त्र बनाउन गठबन्धनले सरकारलाई सुझाव दिएको एक नेताले जानकारी दिए।

बैठकमा मंसिर ४ मा हुने चुनावलगायत समसामयिक राजनीतिबारे पनि छलफल भएको थियो।