बुद्ध एयरमा यात्रा गर्नेलाई पुस्तक उपहार

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

बुद्ध एयरले ८ मार्चको दिन आफ्नो एयरलाइन्सबाट यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार दिने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको हो ।

यसका लागि कम्पनीले १० लाख रुपैयाँ खर्च गर्दैछ । उपहार भने महिला\पुरुष सबै यात्रुले पाउने छन् । पुस्तक विभिन्न लेखकका हुनेछन् ।