भन्नुहोस् पुष्पकमल दाहाल प्रचण्ड, तपाईंलाई गद्दार किन नभन्ने ? राम चन्द आचार्य

  • प्रकाशित मिति : July 24, 2022
  • कान्तिपुर सञ्चार

साउन ८, काठमाडौँ । माओवादी र एमाले एक भएर नेकपा बनेपछि राज्यव्यस्था समितिमा छलफलहुँदा वैवाहिक अंगिकृतको हकमा सात वर्षिय प्रावधान राख्न सिंगो नेकपा एक भयो ।
समितिको सभापतिमा अहिलेको नेकपा माओवादीकै शशि श्रेष्ठ हुनुहुन्थ्यो ।
अनि नेकपामा अहिलेको माओवादी थियो, एमाले थियो र एमाले फुटाएर बनेको एकिकृत समाजवादी पनि थियो ।
यसो भनौं, त्यहाँ प्रचण्ड थिए, ओली थिए, माधव नेपाल थिए र झलनाथ पनि थिए ।
यी सबै मिलेर बनेको नेकपालाई सात वर्षिय प्रावधान ठिक लाग्यो ।
तर तितरबितर भएपछि सात वर्षिय प्रावधान नहटाइ नहुने के त्यस्तो आइलाग्यो ?
नेता उनै, सांसद उनै तर नेकपामा रहँदा ठिक र नेकपा विभाजित भएपछि बेठिक हुने अवस्थालाई कसरी बुझ्ने ?
त्यसपछि बनेको सरकारले त राष्ट्रलाई नै दिर्घकालिन असर पार्नेगरी प्रहार गर्न थाल्यो त्यो पनि बिपि जयन्तीको उपलक्ष्य पारेर ।
देशमा संकट पर्दा एकमुठी माटो हातमा लिएर अन्तरमनले निर्णय गर्नुपर्छ भन्ने बिपिलाई आदर्श मानेको नेपाली कांग्रेसले गजबको दिन पारेर एकमुठी माटो हातमा लिएर नागरिकताबारे गरेको निर्णयले कतै बिपिको आत्मा नभड्कियोस् ।
प्रचण्ड, तपाईंलाई नेपाली जनतामा भरोसा थिएन र विगतदेखिनै देल्लीसँग हिमचिम बढाएको छिपेको छैन ।
अहिले फेरि देल्लीको कम्फरटेबल बन्न आफैं नेकपाको अध्यक्षहुँदा आफ्नै पार्टीको शशि श्रेष्ठको सभापतित्वको समितिमा झण्डै टुंगिएको सात वर्षिय प्रावधानबाट पछि हट्दा थोरै पनि लाज लागेन ?
ग्लानी भएन ?
अनि ओलीले अपमान गरेको सहन नसकेर विद्रोह गरेका माधव नेपाल र झलनाथ खनाललाई सोध्न मन लाग्यो तपाईंले राष्ट्रमाथि अपमानगर्दा हामीले को सँग विद्रोह गर्ने ?
तपाईंहरूलाई घुमाइफिराइ, छक्क्याइछक्क्याइ उतैको हुनुछ र देश बुझाउन मन लागेको छ भने हाम्रो पो के लाग्यो र !…त्यसैले,
आउनुहोस देश विर्षजनको आधार तयार गरेकोमा विजय मल्लले भनेझैं सिंगो नेपालको तर्फबाट आज यो “अन्तिम भोज” खाऊँ , के थाहा भोली फेरि त्यो दिन आउला नआउला ।

सामाजिक सञ्चाल फेसबुकबाट, राम चन्द आचार्य