मदनकृष्ण पुत्रीको ‘मन्तर मोहनी’ सार्वजनिक

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौँ – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पुत्री सराना श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।

गायिका तथा मोडल सरानाले आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर म्युजिक भिडियो ‘मन्तर मोहनी’ सार्वजनिक गरेकी हुन् ।

भिडियोमा महजोडी अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई जादुगरको भूमिकामा चित्रण गरिएको छ । साथै भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि देखिएका छन् ।

कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ ।

हेर्नुहोस् भिडियो :