महिलाले सञ्चालन गर्ने सबै उद्योगलाई कर छुटको व्यवस्था हुनुपर्छ : मन्त्री रेग्मी

  • प्रकाशित मिति : March 7, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्थाका गर्न पहल गर्ने बताउनुभएको छ । ।

१ सय १२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताउनुभएको हो ।त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायत सम्बन्धित मन्त्रालयहरुसँग छलफल अघि बढाउने उहाँको भनाइ छ । मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

मन्त्री रेग्मीले महिलाहरुलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न आग्रह गर्दै अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उल्लेख गर्नुभयो ।