मापसे गरी स्कुल बस चलाउने पाँच चालकलाई कारबाही

  • प्रकाशित मिति : July 31, 2022
  • कान्तिपुर सञ्चार

साउन १५, काठमाडौँ । मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।

ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको छ । उक्त चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।