मेलुङको शिक्षा आजसम्म जस्ताको तस्तै, सुधार गर्न आग्रह भाग ३

  • प्रकाशित मिति : July 21, 2022
  • कान्तिपुर सञ्चार

साउन ५, दोलखा ।

कृष्ण बहादुर बुढाथोकी, मेलुङ गा.पा. पवटी, दोलखा

यसका लागि केही उपायहरू निम्नानुसार हुन सक्छन्

विद्यार्थी र शिक्षकको अनुपात मिलाउन नगरपालिका क्षेत्रभित्र दरबन्दी मिलान गर्न सकिन्छ। दरबन्दी मिलान पछि पनि शिक्षक अपुग रहेको ठाउँमा स्थानीय स्तरबाट योग्य शिक्षकको भर्ना गर्न सकिन्छ। निजी स्रोतु मा हुने भर्नालाई व्यवस्थित र गुणस्तरीय बनाउन सकिन्छ।

पालिकाको रणनीतिक प्राथमिकताका आधारमा शिक्षकहरूलाई स्थानीय, राष्ट्रिय वा अन्तराष्ट्रिय तहमा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ।

पालिकामा हुने शिक्षा शाखालाई अनुगमनु र प्रशासनिक कामको भूमिकाबाट माथि उठाएर शिक्षकहरूका लागि नियमित सहयोग गर्ने संयन्त्रका रूपमा विकास गर्न सकिन्छ। यसबाट शिक्षकहरूले शिक्षण सिकाइसम्बन्धी कुनै समस्या पर्ने बित्तिकै सहयोग पाउन सक्नेछन्।

शिक्षण सिकाइसम्बन्धी अनलाइन कोर्सहरू लिनका लागि शिक्षकहरूलाई प्रोत्साहित गर्न सकिन्छ। यसबाट उनीहरू दैनिक शिक्षण सिकाइको अनुभव गर्दै आफ्नै विद्यालयबाट पनि कोर्स गर्न सक्नेछन् र आफूलाई अपग्रेडु गर्न सक्नेछन्।

शिक्षण सिकाइ तथा विद्यालयको विविध पक्षमा उत्कृष्टता प्रदर्शन गर्ने शिक्षकहरूलाई पुरस्कृत गर्न सकिन्छ। उनीहरूलाई मेन्टरु शिक्षकका रूपमा नियुक्त गरेर आफ्नो र अन्य विद्यालयको केही शिक्षकलाई सहयोग गर्ने व्यवस्था मिलाउन सकिन्छ।

भौगोलिक रूपमा नजिक रहेका विद्यालयका शिक्षकहरूको समूह बनाएर नियमित रूपमा भेला गर्न सकिन्छ। यस भेलामा उनीहरूले तहगत, विषयगत वा समष्टिगत रूपमा आफ्ना अनुभव साटासाट गर्दै आफ्नो समस्याहरूको समाधान आपसी छलफलबाट निकाल्न सक्छन्।

निश्चित समयावधिमा पालिकाका सम्पूर्ण शिक्षकहरूको भेला आयोजना गरेर सिकाइ साटासाट गर्न सकिन्छ। यसमा हरेक विद्यालयको उपलब्धि र चुनौतीहरू साटासाट गर्न सकिन्छ।

विशेष आवश्यकता भएका शिक्षकहरूलाई सोहीअनुसार प्रशिक्षणमा सहभागी गराउन सकिन्छ।

शिक्षकहरूको तयारी र विकासका लागि केही संस्थाहरूको प्रयासबाट सिक्न सकिन्छ।

टिच फर नेपालु ले आफ्ना शिक्षकहरूलाई शिक्षणलाई नेतृत्वसँग जोडेर प्रशिक्षण गर्छ। विरलै शिक्षाको पृष्ठभूमिबाट आउने शिक्षकहरूलाई टिच फर नेपालले विभिन्न चरणमा तयारी र विकास गर्छ- ६ हप्ताको आवासीय पूर्वसेवा प्रशिक्षण, शिक्षकको कक्षामा महिनामा कम्तीमा एक पटक कोचु को अवलोकन र सहयोग, करिब एक महिनामा भौगोलिक रूपमा नजिक रहेका शिक्षकहरूको भेला, ३(३ महिनामा सबै शिक्षकहरूको भेला, संघर्ष गरिरहेका शिक्षकलाई विशेष सहयोग, आदि।

सिन्धुपाल्चोकको विभिन्न पालिकाहरूमा कार्यरत हेलम्बु एजुकेसन लाइभ्लीउड पार्टनरसिपु हेल्प, सोलुखुम्बुमा कार्यरत क्लासरूम इन द क्लाउड्सु आदि संस्थाहरूले पनि शिक्षकहरूलाई ऊर्जा दिने र उत्प्रेरित गर्ने महत्वपूर्ण अभ्यास गरेका रहेछन्।

आवश्यक भौतिक पूर्वाधार तयार गर्ने

धेरै प्रधानाध्यापकहरूलाई एउटा आरोप लाग्ने गरेको छ, भौतिक संरचना बनाउने काम मात्र भयो, शैक्षिक सुधारमा ध्यान गएन।

हुन पनि हो, कतिपय स्कुल गएर हेर्ने हो भने, भवनहरू आकर्षक र ठूला देखिन्छन् उदाहरणमा मेलङ १को सत्यश्वर आधारभूत विद्यालयलाई हेर्न सकिन्छ। तर ती ठूला भवनहरूमा विद्यार्थीहरूलाई सजिलो बनाउने कुरामा ध्यान दिइएको पाइँदैन। भवन ठूलो भए पनि विद्यार्थीहरू बस्ने बेन्च साँघुरो हुन्छ। शुद्ध खानेपानीको व्यवस्था हुँदैन। शौचालयमा पानी हुँदैन। बिग्रेको धारो वर्षौंदेखि बनेकै हुँदैन। बालबालिकाहरूलाई उफ्रिन र खेल्ने ठाउँ हुँदैन।

यसका लागि पालिकाबाट केही पहलहरू गर्न सकिन्छ

कक्षाकोठा अपुग वा साँघुरो भएका स्कुलहरूमा नयाँ कक्षाहरू थप गर्न सकिन्छ। कक्षामा विद्यार्थीहरू बस्ने डेस्क(बेन्च आरामदायी बनाउन सकिन्छ। कक्षामा उज्यालो र हावा राम्रोसँग बहने बनाउन सकिन्छ।

राम्रो संरचना भएको विद्यालयलमा बालबालिकालाई रमाइलो लाग्ने गरी चित्रकलाले सजावट गर्न सकिन्छ। स्कुलको भौतिक वातावरण यस्तो होस् कि बालबालिकालाई आऊँ आऊँ लागोस्। घर जान भन्दा पनि कहिले भोलि होला भन्ने भान पैदा होस् ।

पुस्तकालय नभएका स्कुलमा पुस्तकालय निर्माण गरेर किताबहरू राख्न सकिन्छ। पुस्तकालय भएका विद्यालयमा किताब थप्न सकिन्छ।

हरेक स्कुलमा सबै तहका विद्यार्थीलाई हुने गरी इनडोर र आउटडोर खेल व्यवस्था गर्न सोही अनुसारका संरचना बनाउन सकिन्छ।

जग्गा कम भएको विद्यालयलाई उद्यान, करेसाबारी र खेल मैदानका लागि विभिन्न निकायसँगको समन्वयमा जग्गा उपलब्ध गराउन सकिन्छ।

विद्यालयका हरेक संरचना बालबालिका र फरक क्षमता भएका विद्यार्थी र शिक्षकलाई सहज हुने हिसाबले बनाउन सकिन्छ। लामो दूरी हिँड्नु पर्ने बालबालिकाहरूका लागि यातायातको साधनको व्यवस्था गर्न सकिन्छ।

विद्यालय घोकन्ते भन्दा पनि विषयगछ र क्षेत्रगत अनुसार अध्ययन र सिपको प्रयोग होस अनि अभिभावक आफनो जन्मभूमि छोडेर कर्मभूमि तर्फ जानु भन्दा आफ्नै भूमिमा केहि गर्न पालिकाले र वडा सरकारले पहल गरोस ।

विद्यालय व्यवस्थापन समितिको भूमिका चुस्त बनाउने

विद्यालय व्यवस्थापन समितिमा अभिभावकहरूसँगै शिक्षासँग सरोकार राख्ने समुदायका अन्य व्यक्तिहरू पनि सहभागी गराउन सकिन्छ। यस समितिलाई आफ्नो काम, कर्तव्य र अधिकार बुझाउन सकियो भने स्कुलको व्यवस्थापन र अभिभावकसँगको सम्बन्धमा आमूल परिवर्तन ल्याउन सकिन्छ।

यसका लागि विद्यालय व्यवस्थापन समितिलाई आफ्नो काम गर्न आवश्यक सीपका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिन्छ। त्यस्तै सिकाइ आदानप्रदान तथा समस्याहरूको सामूहिक समाधानका लागि पालिका भित्रका विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको निश्चित समयमा भेला आयोजना गर्न सकिन्छ।

अभिभावक र समुदायसँग सहकार्य गर्ने

अभिभावक शिक्षाका महत्वपूर्ण पक्ष हुन्। बालबालिकाको समग्र हुर्काइ, रेखदेख र अभिभावकहरूको पृष्ठभूमि, ज्ञान र सीपमा निर्भर गर्छ। त्यस्तै समुदायले पनि बालबालिकालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हुर्काएको हुन्छ। समुदायसँग भएको ज्ञान, प्रविधि र संस्कृति बालबालिकाको लागि ज्ञानका स्रोत पनि हुन्।

अभिभावक र समुदायसँग विभिन्न तरिकाबाट सहकार्य गर्न सकिन्छ ।

अभिभावकलाई आफ्ना सन्तानको सिकाइसम्बन्धी जानकार र सचेत बनाउने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ।

विभिन्न उमेर समूहका बालबालिकाका अभिभावकहरूलाई बालबालिकाको हुर्काइ तथा पालनपोषणु सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ। अभिभावक र समुदायका अन्य सदस्यहरूका सीप र ज्ञानलाई विद्यालयहरूमा सिकाउने व्यवस्था मिलाउन सकिन्छ।

समुदायमा रहेका विभिन्न संघसंस्था तथा अनौपचारिक समूहसँग स्कुलहरूको सम्बन्ध बिस्तार गरेर संघसंस्थारसमूहको कार्यक्षेत्र अनुसार विद्यार्थीहरूलाई सिकाइको एक्सपोज उपलब्ध गराउन सकिन्छ।

पालिकाका जन्मिएका, हुर्किएका र हाल पालिकाबाहिर रहेका व्यक्तिहरूलाई विद्यालयसँग जोड्न सकिन्छ। उनीहरूलाई विद्यार्थीहरूको सिकाइ तथा आर्थिक सहयोगको लागि आग्रह गर्न सकिन्छ।

बाह्य समुदायसँग सहकार्य गर्ने

पालिकामा शैक्षिक रूपान्तरणका लागि बाह्य समुदायका व्यक्तिहरूको पनि महत्वपूर्ण सहभागिता हुन सक्छ। यसका लागि पालिकाले केही प्रयासहरू गर्न सक्छः

विद्यालयमा शिक्षण सिकाइसम्बन्धी आवश्यकताको पहिचान गरी अस्थायी रूपमा सो परिपूर्ति गर्न स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उल्लेख्य काम गरिरहेका व्यक्तिहरूलाई स्वयंसेवकका रूपमा काम गर्न आह्वान गर्न सकिन्छ।

स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उल्लेख्य काम गरेका विभिन्न व्यक्तिहरूलाई विद्यार्थीहरूलाई मेन्टरिङु गर्न आह्वान गर्न सकिन्छ।

इन्टरनेटको माध्यमबाट नेपाल र नेपालबाहिरका विभिन्न क्षेत्रका मानिसहरूलाई करिअर एक्सपोजर र सिकाइका लागि विद्यालयमा जोड्न सकिन्छ।

प्रधानाध्यापक तथा शिक्षकको तयारी र विकासमा कार्यरत विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्न सकिन्छ। शिक्षामा उत्कृष्ट अभ्यास गरिरहेका अन्य पालिकासँग पनि सहकार्य गर्न सकिन्छ।

शैक्षिक अभ्यास

शिक्षाका उद्देश्यहरू पूरा गर्न, शिक्षालाई समसामयिक, माटो सुहाउँदो र सीपसँग जोड्न विभिन्न अभ्यास गर्न सकिन्छः

शिशु कक्षामा भर्ना भएदेखि नै बालबालिकाहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ रहन स्कुलमा सचेतना तथा अभ्यास गराउने वातावरण सिर्जना गर्न सकिन्छ।

अहिले धेरै पालिकाहरूले स्थानीय पाठ्यक्रमु लागू गरेका छन्। लागू भएका ठाउँमा स्थानीय तीर्थस्थल, जनसांख्यिकी र संस्कृति मात्र होइन, स्थानीय ज्ञान, प्रविधि र व्यक्तिहरूको कथा समेट्न सकिन्छ। यौन हिंसा तथा दुर्व्यवहारसम्बन्धी सचेतनाका लागि निरन्तर कार्यक्रमहरू गर्न सकिन्छ। बालबालिकाहरूलाई विभिन्न परिस्थितिमा उपयोगी हुने आत्मरक्षाको प्रशिक्षण उपलब्ध गराउन सकिन्छ। पर्यावरणको माया तथा संरक्षणका लागि बाल्यकालदेखि नै सचेतना र अभ्यास गराउने वातावरण सिर्जना गर्न सकिन्छ।

बालबालिकाहरूलाई प्रविधिमा साक्षर बनाउँदै इन्टरनेट र सामाजिक सञ्जालको समुचित प्रयोगबारे सचेतना फैलाउने कार्यक्रम गर्न सकिन्छ। बाल्यकालदेखि नै उद्यमशील सोच र व्यवहार विकास र प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

शैक्षिक व्यवस्थापन सुदृढ बनाउने

पालिकाको समग्र शैक्षिक कार्यक्रमको व्यवस्थापनका लागि केही अभ्यासहरू गर्न सकिन्छ ।

पालिकामा शिक्षासम्बन्धी अध्ययन, अनुसन्धान र प्रयोगका लागि एक ुअनुसन्धान इकाईु बनाउन सकिन्छ। यस इकाईले पालिकाको वस्तुस्थिति विश्लेषण गर्दै शिक्षण सिकाइसम्बन्धी विभिन्न विधि, क्रियाकलाप, आदि सिफारिस गर्नेछ।

शिक्षा शाखालाई मूलतः प्रशासनरव्यवस्थापन र शैक्षिक पक्ष हेर्ने गरी तयार गर्न सकिन्छ। प्रशासनरव्यवस्थापन उपशाखाबाट पालिका भित्रको समग्र शिक्षा प्रशासन र व्यवस्थापनको काम गर्न सकिन्छ। शैक्षिक उपशाखाबाट शैक्षिक पक्षमा केन्द्रित भएर काम गर्न सकिन्छ। पालिका क्षेत्रभित्रका उदाहरणीय अभ्यासहरूको एकै ठाउँमा संग्रह र सबैको पहुँचमा राख्न वेबपोर्टल सुरू गर्न सकिन्छ।

विद्यार्थीहरूको विद्यालयमा अपनत्व महसुस गराउने

बालबालिकाहरू विद्यालयका सेवाग्राहीहरू हुन्। विद्यालयमा उनीहरूको पहुँच सहज हुनु पर्छ र विद्यालयका गतिविधिहरूमा सहभागिता हुनु पर्छ। बालबालिकाहरूले स्कुलमा गर्ने अनुभव नै स्कुलको सफलता वा असफलताको परीक्षा हो। यसको लागि केही प्रयासहरू गर्न सकिन्छ ।

आवश्यकता भएका बालबालिकालाई पूर्ण छात्रवृत्ति व्यवस्था गरिनु पर्छ। औसत भन्दा कम सिकाइ उपलब्धि प्रदर्शन गरिरहेका विद्यार्थीहरूका लागि विद्यालयमा उपचारात्मक कक्षाहरूको व्यवस्था गर्न सकिन्छ। बाल क्लब गठन नहुने विद्यालयमा पनि बाल क्लब गठन गरिनु पर्छ। गठनका लागि नियमित निर्वाचनको सुनिश्चितता गरिनु पर्छ। विद्यालयको सुदृढीकरणमा बाल क्लबको भूमिकालाई चुस्त बनाउन सकिन्छ। बाल क्लबलाई विद्यार्थी र समुदायरशिक्षक जोड्ने कडीका रूपमा तयार गर्ने र सोही अनुरूप सहभागी गराउनु पर्छ। यसका लागि बाल क्लबको क्षमता विकास गर्न प्रशिक्षणहरू सञ्चालन गरिनु पर्छ।

कसरी गर्ने

यहाँ उल्लिखित कतिपय कुराहरू प्रधानाध्यापक र शिक्षकहरूले नै गर्न सक्छन्। अब्बल अभ्यास गरिरहेका स्कुलहरूलाई प्रोत्साहित गरे हुन्छ। संघर्षरत स्कुलहरूलाई प्राथमिकतामा राखेर काम गर्न सकिन्छ। कति विद्यालयलाई हौसला र स्याब्बासी चाहिएको छ। कतिलाई अत्यधिक सहयोग चाहिएको छ।

यस्ता कार्यक्रम कति अहिलेकै स्रोतमा गर्न सकिन्छ, कति बाहिर स्रोत खोज्नु पर्छ। कति स्रोत आफ्नै ठाउँबाट जम्मा गर्न सकिएला। कति प्रदेश सरकार र संघीय सरकारलाई विश्वस्त बनाएर पाउन सकिएला। कति शिक्षालाई माया गर्ने र मनकारी मानिसहरूको सहयोग लिएर जम्मा गर्न सकिएला। नियत सफा राखेर विश्वसनीय योजना प्रस्तुत गर्दा सहयोग गर्नेहरू पक्कै पनि भेटिन्छन्।

शैक्षिक रूपान्तरणको अर्को महत्त्वपूर्ण पाटो काम गर्ने व्यक्तिहरूको समूह पनि हो। योजना कार्यान्वयन गर्न आफ्नो राजनीतिक स्वार्थभन्दा माथि उठेर दक्ष र कामप्रति लगाव भएका मानिसको समूह बनाउनै पर्छ। हरेक वर्षको प्राथमिकता छुट्याउन सकेमा ५ वर्षमा उल्लेख्य काम हुन सक्छ र गाउँ भित्र नै अमेरिका, बेलायत, चीन, भारत र रुषको अनुभव गर्न सकिन्छ । गाउमा नै सामाजिक आर्थिक बृद्धि गर्न कति पनि समय लाग्दैन यदि सहि उद्देश्य र लक्ष्य तय गर्न सकियो भने । यो हाम्रो चुनौति पनि हो सबैको भलो गर्नु र नमुनाको धार बन्न खोज्नु त्यसैकारण शुरुवात गरौँ एक अर्का बिचको तरबारको धार भएर ।

धन्यवाद