मेलुङ गाउपालिकाको वडा नं. १, पवटीबाट कृष्ण बहादुर बुढाथोकी स्वतन्त्र उमेरदार उठ्ने घोषणा

  • प्रकाशित मिति : March 30, 2022
  • कान्तिपुर सञ्चार

जीवनकाल खण्ड अनुसार हामी सासित वर्ग त पक्कै होइनौँ तर बाध्यता नै हुदो रहेछ । आजसम्म भूत, बर्तवान र भविष्यलाई नियाल्दै गर्दा समाज खासै परिवर्तन भएको देखिदैन । परिवर्तन त नाममा मात्र रहन पुग्यो । यदि विकास चरण अनुसार हेर्ने हो भने समाज समाजबादका परिपुरक हुदै अघि बढ्नु पर्ने हो तर आजको कथित कलाकारहरुले एक अर्काको आलोचक र पक्ष विपक्ष रहेर भाषणमा मात्र पात्र हुन पुगेका देखिन्छन । दिगो विकास केलाई भनिन्छ, भनेर अन्यौलमा रहेका आजका नेता कार्यकर्ता अरुको झोला बोकेर पछि पछि दौडिन बाहेक अरु केहि जानेका पक्कै छैन्न ।

हरेक विकास चरणको एउटा राय वा प्रणाली हुने गर्छ तर आजका गाँउ देखि शहर सम्मका ससाना छोटे राजाहरुको यो ठम्याइ छ कि यो सवै म आफैले मेरो पालामा गरेको, मेरो अनुरोधमा नै आएको भनेर तर किन बुझ्न सकेन्न आफु सहि पदमा बसे पछि यो माग गर्नु र गाँउको उन्नति गर्नु पर्ने मेरो दायित्व हो भनेर । उहाँहरुको गलत बुझाइले गर्दा आज जनसमुदायहरुको ठुलै विकास भएको हो कि भन्ने भ्रम जनतामा रहि आएको र तिनै छोटे राजा वा डनहरुको पाउ मोल्नु बाहेक कुनै उपाए नरहेको जनताहरुको बुझाई छ ।

यहि परिवर्तनका लागि अब दिगो विकास भएका यूवाको खाचो छ । यूवा खाडिमा पलाएन हुने प्रक्रिया रोक्नु जरुरत छ र यहि नेपाललाई जसरी पृथ्वी नारायण शाहले सुरु गरेको देश एकिकरण आजका छोटे राजाहरुको हातबाट पुर्नः स्वयी अवस्थामा पुग्दै गरेको चित्रण गर्न सकिन्छ । हामीले पहिलो चरणमा स्थानिय तहको यूवाहरुलाई रोजगार यूक्त बनाउन के गर्नु पर्छ र कसरी सम्भव छ, समाजमा भएका दिगो विकासे युवाहरुसँग बसेर छलफल गर्नु पर्ने देखिन्छ । सहि मार्ग दर्शनका जेष्ठ नागरिकबाट विचार, आचार सहिता बारे प्रस्ट पार्न के, कसरी सकिन्छ अनुसन्धानका रुपमा रहनु पर्ने ठम्याइ रहेको छ । अनि मात्र दिगो विकासमा पहिलो करिडोर मेलुङ वडा १ मा परिवर्तन संम्भव देखिएको कुरा प्रस्ट पार्नु भएको छ । उँहा भन्नु हुन्छ कि

मेरो स्वतन्त्र उमेरद्धार किन र केका लागि
समाजमा भएका व्यथित र लाचार राजनैतिक पतन हिन भएका व्यक्तिहरुलाई सहि सामाजिक अभिनय के हो मार्गदर्शन देखाउन
भ्रष्टचारलाई समाजबाट जरै देखि उखेलेर फाल्नका निम्ति
शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, कृषि, खानेपानि, सिचाई, जस्ता अन्य विषयमा नर्याँ उर्जा थप्नका लागि
वडा भित्र भएका कमि कमजोर विषयलाई सहि तरिका क्रमिक अवस्थामा ल्याउनका लागि
आफ्नै स्थानिय तहबाट आर्य आर्जन गर्न गर्ने प्रयासहरुमा टेवा पुर्याउने कार्यक्रमहरु सिप तथा तालिम मार्फत अघि बढाउनका लागि
स्थानिय तहमा उत्पादन भएका कृषि लगाएत अन्य बस्तहरुलाई केन्द« देखि लिएर स्वदेशका विभिन्न स्थानमा पुर्याइ आर्थिक बृद्धि गर्ने
आदि विषय मात्र नरहेर अन्य विषय बस्तुलाई मध्यनजर काम गर्ने प्रतिवद्ध गर्नु भएको छ ।

उहाँको यो शुभकार्यमा साथ र सहयोग मिलोस । यहि कामना गर्दछ कान्तिपुर सञ्चार परिवार