मेलुङ गाउपालिका भित्र दिन प्रति दिन घोटलाको समाचार बाहिरिदै

  • प्रकाशित मिति : July 17, 2022
  • कान्तिपुर सञ्चार

साउन १, दोलखा । मेलुङ्ग गाउपालिका १ पवटी भित्र मात्र दैनिक एक पछि अर्को लापरबाही भएको समाचार छरपस्ट रअनियमितताको जानकारी खुल्दै आएको छ। सहकारी भबन ,सामुदायिक सिमाको चौन्र भवन, सिम्टे रेडक्रस भवन, अर्को गाउमा बन्नलागेको चिस्यान केन्द्र लगायत उजुरी परेको र बाकी अन्य धेरै विषयमा घोट्ला गरेको समाचार पर्ने देखिएको छ। राज्यको पैसा एक पछि विभिन्न बहानामा दुरुपयोग गर्ने सोच भएको भज्दै सामाजिक सञ्जालमा तमाम यूवाहरुले बोल्दै आएको देखिन्छ र सक्कली किसान भन्दा नक्कली किसानहरु यस पवटि क्षेत्रमा बढी बजेट अनियमितता गरी आफना तर्फपार्न तत्पर जोड बाजी चलिरहेको छ। यसो अनुसन्धान र अनुमान गर्ने हो भने पवटीमा स्कुल ,स्वास्थ्य चौकी समेत भ्रष्टाचार भइ रहेको भन्दै सूचना प्रकाशन भएको देखिन्छ। किन रु राम्रो काम र नराम्रो काम बिश्लेण गर्दा नराम्रो ८० प्रतिशत भएको जानकारी समबन्धित जनताको आवाज छ।हाल सम्म भएका काम प्रती घोर भर्सन गर्दै यूवाहरुले सामाजिक संजालमा आफ्ना भनाई राखेका छन । आज कै मिति देखि संबन्धित निकायले यस प्रति ध्यानार्षण गरोस। ब्यक्ति बादी होइन समाज बादी काम गर्नुस भन्दै यूवावर्गहरु आक्रोसित भैइ स्थानिय सरकारलाई आफ्नो आवाज पुर्याउन खोजेका छन ।

दोलखा जिल्ला मेलुङ गाउपालिका वडा नं. १ पवटिमा श्री बिन्दावासिनी आधारभुत बिध्यालयका प्र. अ. भिम बहादुर कोइरालाले सार्वजनिक पदमा रहेका उनले कालिनाग सामुदायिक वनको अध्यक्षमा समेत आफै बसि चरम अनियमिता तथा ऎन बिपरित कार्य गरि सामाजिक रुपमा समेत दुख दिने गरेको पाइएको छ । यस्ता भ्रष्टाचारिलाइ हदै सम्मको कार्वाही हुनु पर्दछ भनी जिल्ला प्रशासन कार्यालय दोलखा, मेलुङ गाउपालिका, वडा कार्यलय तथा जिल्ला बन कार्यलयमा समेत निवेदन परेको हुदा सम्बन्धित निकायले तत्काल छानबिन गरि कार्वाही गरियोस् ।