मेलुङ गाउपालिका भित्र दिगो सामाजिकआर्थिक विकास बृद्धि तर्फ होमिन यूवाहरुलाई आग्रह , परिवर्तनशिल यूवा समाज नेपाल

  • प्रकाशित मिति : June 24, 2022
  • कान्तिपुर सञ्चार
दोलखा । दिगो परिवर्तन समाजले उदेश्यलाई अघि बढाउन हरेक तरिकाबाट पहल नगरेको होइन । यस समाजले कहिले बालबालिका, युवा, बृद्धअबस्था लगाएत सामाजिकआर्थिक विकासलाई वृद्धि गर्न शिक्षा प्रती पहिलो गुणस्तरिय तहलका र झ्याली पनि पिटेकै हो । तर एक्लो पनले, बिना पहुँच केही नलाग्ने रहेछ । आखिरमा शिक्षालाई राजनैतिक फोहिरी खेलका रुपमा र आफ्नै तन्त्रतर्फ लाग्न र लादन छोडेका छैन्न ।

मेलुङ गाउँपालिका दोलखा भित्र पवटी पहिलो द्वार, मुल ढोका रहेको सबैलाई थाहा नभएको होइन तर पनि सधै म नै यश स्थानको परिचालक भन्ने कोइराला र उप्रेतीहरुले आफ्नै होडबाजी गरि रहेका छ्न । कुन समस्या पहिलो हो र कुन दिगो बिकास हो भनेर आज सम्म पहिलाउन न सकेको देखिन्न छ ।
यदि यो वाड कुनै बुद्धिजीवी, वर्गसंघर्ष दुखी पीडित गरिबको हातमा भएको भए पक्कै नमुनाका रुपमा रहि सक्थो ।
हामीले सधै अरुको आस र भरोसाका कारण केही नहुन नसकेको हाम्रो बुझाई रहेको छ । यदि हामी आफैले र आफैबाट सुरु गर्ने हो भने यो पनि सम्भावना नहुने र दिगो बिकास र सामाजिकआर्थिक र रोजगारी मुखी वृद्धि गर्न धेरै समय नलाग्ने हरेक बुद्धिजीवी तमाम युवाहरूको बुझाई छ ।

यस्तै विशेष बिषयलाई लिएर हामी मेलुङ दोलखा पवटिका युथको राय सुझाव, सोच बिचारको कदर गर्दै यूवा पंतिहरु समानिक सञ्जाल र कोष्ठि तर्फ छिटै भेला गर्दैछौ ।
परिवर्तनशिल यूवा समाजले विगत समय देखिनै वडा भित्र रहेका तमाम बुद्धिजिवि वर्गहरुसँग बसी आजको आवस्यक्ता बारे छलफल भइसकेको तर कुनै पनि चासो नदेखाएको हुदा उक्त कार्ययोजना अघि वढन नसकेको बुझन सकिन्छ ।

कृषि क्रान्ति गर्नु नै छ एक दिन भने किन आजको मुख्य आय स्रोतका रुपमा कृषिलाई नऔँल्याउने, प्रत्येक क्षेत्रमा आफ्नो घर घडेरी बाझो अवस्थामा रहेको पाइन्छ । यदि हामी यूवाहरु बैदेशिक रोजगार खोज्दै विदेश होमिनुको साटो यही भएका बाझो जग्गामा उत्पादन सुचारु गर्न सकिएमा आर्थिक र सामाजिक बृद्धि गर्न धेरै समय नलाग्ने हाम्रो बुझाई हो । तर यस विषयमा गभिर अनुसन्धान गरी पालिका र वाडले मुख्य भुमिका खेल्न सके रोजगारी र आर्थिक पहुँचबाट गाउ समाजलाई पर्यटन क्षेत्रतर्फ पनि सफलता पूर्वक अघि बढाउन सकिन्छ ।

तमान यूवाहरु २१ औँ युगका छन् । शिक्षामा अम्बल भएको विविध विषयमा मजबुत भई आफ्ना ज्ञान, सिप प्रयोग गर्न सक्ने भएका छन । यस्ता होनहार यूवाहरुको आवस्यतालाई मध्यनजर गर्दै जादा सर्वप्रथम शिक्षित यूवाहरुको क्रमशः पहिचान गर्न सक्नु पर्छ र सहि समय र सहि स्थानमा स्थानिय तहले प्रयोग गर्न सक्नु पर्छ अनि मात्र दिगो बिकासको सपना यथार्थमा पुरा गर्न सकिन्छ ।

उठ युवा जुट युवा नाराको सहि पहिचान गर्न र आफ्नो जन्मभुमि थलोलाई स्वर्गको टुक्रा सरि पर्यटनिय स्थल बनाउन र माया गरिदिन आग्रह गर्न चाहान्छु ।

कृपया यहाँहरुले आ–आफ्ना तर्फबाट सहयोग, साथ गर्न र यहाको सुझाव, सम्पर्क नम्बर कमेन्ट बक्समा छोडन आग्रह गर्न चाहान्छु ।