मेलुङ स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा

  • प्रकाशित मिति : June 28, 2022
  • कान्तिपुर सञ्चार

दोलखा । स्वच्छ पोषिलो आहार स्वास्थ्य जीवनको आधार भन्ने मूल नाराका साथ मेलुङ स्वास्थ्य चौकीलाई पोषण मैत्री स्वास्थ्य संस्थाको रूपमा घोषणा गरिएको छ । यस कार्यक्रम मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र बिश्वकर्मा , स्वास्थ्य संयोजक हरिराम चापागाईं, ७ नं. वडाका वडा अध्यक्ष तथा मेलुङ स्वास्थ्य चौकी संचालन तथा व्यबस्थापन समितिका अध्यक्ष नबराज खड्का, स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम राज खनाल, वडा नं. ६ का वडा अध्यक्ष कुशुम लामा, ५ नं वडाका वडा अध्यक्ष ललीत बहादुर मगर, लगायत अन्य अतिथि, समाजसेवी तथा स्थानीयहरुको उपस्थितिमा सम्पन्न भएको छ।