युक्रेनले ४६ दिनदेखि छिमेकी रूसी सैनिकको आक्रमण भोगिरहेको

  • प्रकाशित मिति : April 11, 2022
  • कान्तिपुर सञ्चार

पूर्वी युरोपेली मुलुक युक्रेनले ४६ दिनदेखि छिमेकी रूसी सैनिकको आक्रमण भोगिरहेको छ।

गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाहीको निर्देशन दिएका थिए। त्यसपछि रूसी सैनिकले तीनतिरबाट युक्रेनमाथि आक्रमण गरिरहेका छन्।

रूसी आक्रमणबाट युक्रेनका कैयौं सहरमा क्षति पुगेको छ। तीस लाखभन्दा बढी मानिसहरू देश छोडेर निस्किएका छन्।

पर्याप्त पानी, बिजुली र खानाबिना दिन काटिरहेका छन्। यति हुँदा पनि युक्रेनी सुरक्षा फौजले रूसी सैनिकमाथि कडा प्रतिरोध गरिरहेको छ।

निकै विशाल र आधुनिक मानिएको रूसी सैनिकको आक्रमणको युक्रेनीहरूले डटेर सामना गरिरहेका छन्। युद्वमा परेर हजारौंले ज्यान गुमाएका छन्।

रूसी आक्रमणको युक्रेनी सुरक्षाफौजले गरिरहेको सामनालाई धेरैले तारिफ गरेका छन्।