युरोपमा ग्याँस आपूर्ति कटौती गर्ने रुसको घोषणा

  • प्रकाशित मिति : July 26, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं । रुसले आफनो ग्याँस कम्पनी ग्याजप्रोमको मर्मत सम्भारका लागि भन्दै केही समय युरोपेली संघ (इयु)मा आवद्ध राष्ट्रहरुमा ग्याँस आपूर्ती कटौती गर्ने घोषणा गरेको छ ।

ग्याजप्रोम अन्तर्गतको नर्ड स्ट्रिम पाइपलाइन मर्मत सम्भारका कारण २० प्रतिशतसम्म ग्याँस कटौती हुन सक्ने रुसी अधिकारीहरुले स्पष्ट पारेका छन् । रुसको यो निर्णयले इयु राष्ट्रहरुलाई ग्याँस भण्डारण गर्न थप समस्या हुने देखिएको छ । यद्दपी जर्मन सरकारले भने रुसको ग्याँस आपूर्ती सिमित गर्नुको कुनै प्राविधिक कारण नभएको जनाएको छ ।

नर्ड स्ट्रिम पाइपलाइनबाट रुसले जर्मनीमा ग्याँस आपूर्ती गर्दै आएकोमा मर्मत सम्भार अघि नै कटौती गर्दै आएको भन्दै रुसको बहाना मात्रै भएको जर्मन सरकारको भनाइ छ । रुसले गत वर्ष इयु राष्ट्रहरुलाई ४० प्रतिशत ग्याँस उपलब्ध गराएको थियो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले रुसको यो निर्णयलाई सम्भावित परिदृश्यको संज्ञा दिएका छन् ।

रुसले युक्रेनमा आक्रमण गर्न थालेदेखि पश्चिमा राष्ट्र लगाएत इयुसँग पनि बेलाबेलामा प्रतिशोध साँध्दै आएको छ ।