राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

  • प्रकाशित मिति : July 21, 2022
  • कान्तिपुर सञ्चार

साउन ५, दोलखा । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ।

बिहीबार दिउँसो १ बजे धुम्बाराहीमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

समसामयिक राजनीतिक घटनाक्रम, संगठन सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ।

स्थानीय चुनाव समीक्षा र अब हुने संघीय तथा प्रदेश सभा चुनावका रणनीति तय गर्नेबारे पनि केन्द्रीय समितिमा छलफल हुने प्रवक्ता श्रेष्ठ बताउँछन्।

यस्तै विभिन्न माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाए पनि कार्यान्वयन नभएको भन्दै राप्रपाले थप संघर्षका कार्यक्रम ल्याउने तयारी पनि गरेको छ।

केन्द्रीय समिति बैठक शुक्रबारसम्म चल्नेछ।