रिचार्ज कार्ड आयातमा बाहिरियो ३४ करोड

  • प्रकाशित मिति : July 28, 2022
  • कान्तिपुर सञ्चार

 

साउन १२, काठमाडौँ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको अवधिमा ६९ हजार ६१३ किलोग्राम रिचार्ज कार्ड भित्रिएको हो । नेपालमा आयात हुने सबै रिचार्ज कार्ड भारतबाट आउने गरेको छ । यस अवधिमा नेपाल भित्रिएको रिचार्ज कार्ड सबै भारतबाटै भित्रिएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ३४ करोड ५ लाख ७५ हजार रुपैयाँको रिचार्ज काड आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन–असार महिनासम्मको अवधिमा उक्त मूल्यको रिचार्ज कार्ड भित्रिएको हो ।