विरोधमा आए पछि भिम कोइरालाको व्यतिगत टिपनी सामाजिक संजालमार्फत

  • प्रकाशित मिति : July 17, 2022
  • कान्तिपुर सञ्चार
साउन १, दोलखा । पुर्खा र अग्रजहरुले कठिन समयमा जोगाएको गौचरण ,सनी सर्पन, पानी घाट मिचेर खेत बनाउने प्रक्रिया निरन्तर चलिरह्यो ,अति भयो कृपया तपाइहरु यसो नगर्नुस्
सार्वजानिक सम्पती ज्यादै दोहन भयो भनी जनताले आवाज उठाएका हुन् ।निवेदक ले अब आइन्दा गर्दिनँ भनेर लिखित प्रतिबद्धता पनि गर्नु भएको छ ।तर अहिले विषयान्तर गरी सत्य घटना लाई मोड्न खोजिँदै छ । राजनीतिकरण गरिने प्रयास गरिँदै छ । यो नितान्त उपभोक्ता तथा जनता को जन जीवन सँग सम्बन्धित संवेदनशील सामाजिक विषय हो । जहां सम्म अनियमिता को कुरा छ । नीति नियम र उपभोक्ता को सल्लाह बाहेक कुनै नराम्रो काम भएको छैन।
भएको भए सम्बन्धित निकायले छानमिन गरी सत्य तथ्य बाहिर ल्याउन अनुरोध छ।मैले नापेको छु भन्दै सयौ सयौ वर्ष देखि सार्वजानिक प्रति जग्गा डोजर लगाएर कुलो बंग्याएर वर्षौ वर्ष देखि क्रमिक रुपमा मिचेर सक्किन लाग्यो ।गर्न पाइँदैन भन्ने न्याय संगत आवाज उठाउँदा उपभोक्ता समिति तथा मैले समेत सजाय भोग्नु हुनु पर्छ भने भोगौला ।निवेदक ले सार्वजानिक मिचेको स्वीकार गरेको अब आइन्दा गर्दिनँ भनेर आम उपभोक्ता जन प्रतिनिधि बन कार्यालयका प्रतिनिधि को रोहवरमा मा भनेको कुरा बिर्सिएर अझै पनि विभिन्न दाउपेच गरी सार्वजनिक जग्गा घटाउने व्यक्तिगत जग्गा बढाउने निरन्तर प्रयास हो ।सार्वजनिक पनि कति घटोस् एक दुई रोपनी को सीमा को चौर उत्तर दक्षिण खेत करिब ८/१० रोपनी भए होलान् ।चौर सकियो ,पहिला सयौ गाई भैंसी भेडा बाख्रा चर्थे ।
अब पशुपालन कम भए पनि अलि अलि त चराउँदै छौं।लक डाउन का बेला गाउँमा सयौं मानिस केटा केटि रमाइलो संग चौर मा खेल्दा दर्शक ले हेर्दा कस्तो गजब लाग्यो । सार्वजनिक जग्गा जोगाउनु पर्छ ।तपाईंहरु ले बोल्दा बोल्दै त यसो गरी खाइसके। धर्म नष्ट गर्न खोज्दै छन् ।जसरी भए पनि बचेको लागि जोगाउनु पर्छ। हामीलाई थाहा छ सीमाको चौर र सीमाको पाताल के कति थियो कसरी मिचियो हामी धर्म नछाडी बोल्छौ ।
अलि अलि गरी त मिच्दै थिए अहिले त डोजर नै लगाएर मीचे भनेर ८२/८५ वर्ष का बुबा आमाहरु गह भारी आँशु पार्दै भन्नु हुन्छ।के यस्तो निन्दनीय कार्यको मुकदर्शक भएर हामी बसौ ।तपाईंहरू सबै जना सरोकार वाला ,नियमन निकाय ले यसको समाधान खोज्नु पर्छ।
धेरै कुरा छन् यहां नलेखौं यो संवेदनशील विषय हो फेसबुक बाजी गरेर सत्य तथ्य घटना तोडमोड गर्न खोज्नु कसैले हुँदैन। हामी जिम्मेवार तरिकाले कानुनी र व्यावहारिक ढंग बाट प्रस्तुत हुन चाहन्छौं।