वैद्य र बास्तोलासहित ६ दलद्वारा पक्राउ पुर्जीको विरोध

  • प्रकाशित मिति : August 5, 2022
  • कान्तिपुर सञ्चार

साउन २०, काठमाडौ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली सहितका नेतालाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोप्रति ६ दलले विरोध जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै ६ दलले सरकारले तीन बुँदे सहमति उल्लंघन गरेको आरोप लगाउँदै फासिवादी चरित्र देखाएको भन्दै आपत्ति जनाएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसहित ६ दलले सरकारको कदमप्रति ध्यानाकषर्ण भएको समेत जनाएका छन् । ती दलले सरकारले तीन बुँदे सहमति कार्यन्वयन गरी बन्दी रिहा र मुद्दा फिर्ता गर्नु समेत आग्रह गरेका छन् । सरकार सहमति कार्यन्वयन गर्न उदासिन भएको भन्दै उनीहरुले आपत्ति समेत जनाएका छन् । गत साउन १६ गते ललितपुर जिल्ला अदालतले तत्कालिन नेकपा शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेको हो ।