शहर सगै गाउँ गाउँमा सहकारी विरुद्द उजुरी

  • प्रकाशित मिति : July 7, 2022
  • कान्तिपुर सञ्चार

 

असार २३, दोलखा । दोलखाको मेलुङ गाउँपालिकाले वडा नं.१ पवटीस्थित रमाइलो चोकमा रहेको ‘हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड’विरुद्ध उजुरी परेको छ । सार्वजनिक जग्गा अतिक्रमण गर्ने सहकारी पोस्दै गाउँपालिका, भवन निर्माणका लागि बजेट निकासा भन्ने शिर्षकमा कान्तिपुर सञ्चारमा समाचार प्रकाशित भएपछि उजुरी परेको हो ।

स्थानीय युवा निरोज कोइरालाले अविलम्ब निर्माणको काम रोकेर आवश्यक अनुसन्धान गर्न भन्दै डिभिजन वन कार्यालय चरिकोट, दोलखामा उजुरी दिएका हुन् । उजुरीमा सहकारीको कार्यसमितिले निजि आवश्यकता परिपूर्ति गर्न सार्वजनिक जग्गा अधिग्रहण गर्दै रुख फडानी गरि भवन निर्माण गरिरहेकाले उक्त भवन निर्माण कार्य अविलम्ब बन्द गरि आवश्यक कानुनी प्रकृया अनुसार कारवाही तथा छानबिन भनिएको छ ।

आज भोलि शहरमा मात्र नभएर गाउँ गाउँमा पनि कमाई खाने भाडोका रुपमा अघि बढ्दै छ । हिजोका दिनमा कुनै पनि यूवा कोही माथी नबोल्ने र आजका केहि यूवा देश प्रदेश घुमि सकेका र आफुले पाएका दुख अन्य जनसमुदायहरुले नभोगुन भन्ने सोचले पनि होला, दुख खप्न नसक्ने र विरोधमा उत्रिहाल्ने देखिन्छ । त्यसै गरी आज भन्दा कयौँ बर्ष अघि पनि यस सहकारीको हरहिसाबमा हिना मिना भएको, जनताले प्रादसी रुपमा कुनै पनि विवरण प्राप्त नगरेको जानकारी यर्थाथ छ ।

सहकारीले भवन निर्माण गर्दा सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको थियो । सहकारीले रमाइलो चोकमा निर्माण गर्दै गरेको जमिन आधा सार्वजनिक र आधा अरु नै व्यक्तिको परेको पाइएको हो । अमिन ल्याएर त्यस क्षेत्रको नापजाँच गर्दा आधा जमिन सार्वजनिक र आधा जमिन तुलसी नेपालीको नाममा रहेको पत्ता लागेको हो ।

उजुरी परेसँगै डिभिजन वन कार्यालयले निर्माणको काम तत्काल रोक्का गरि कारबाहीको लागि चरिकोट डिभिजन वन कार्यालयलाई निर्देशन दिइसकेको बुझिएको छ ।

यता गाउँपालिकाले पनि भवन निर्माणका लागि भन्दै १० लाख रुपियाँ बजेट दिएको थियो । बजेट उपलब्ध भएसँगै सहकारीले केहिदिन देखि भवन निर्माण कार्य गरिरहेको छ ।

गाउँपालिकाले बचत तथा ऋण सहकारी जस्तो नाफामुलक संस्थालाई भवन निर्माणका लागि बजेट दिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

कार्यपालिका बैठकमा नाफामुलक सहकारी संस्थालाई बजेट दिन नहुने भन्दै बिरोध भएपनि तत्कालिन गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले शिर्षक मिलाएर उक्त सहकारीलाई बजेट दिएका थिए ।