शिक्षामा राजनीति गलत

  • प्रकाशित मिति : April 4, 2022
  • कान्तिपुर सञ्चार

  लोक बहादुर क्षेष्ठले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । दोलखा शैलुङ्ग गाउपालिका स्थित के एल.इएस टोन मोन्टेश्वर विद्यालयको ५ औँ वार्षिकोत्सव समारोहमा उनले यस्तो बताएका हुन् ।

उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ ।’


संविधानले उल्लेख गरे जस्तै आधारभूत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।