श्री पालिका प्रमुखलाई निेवेदन, सामुदायिक स्कुल कसरी सुधार्ने

  • प्रकाशित मिति : July 19, 2022
  • कान्तिपुर सञ्चार

साउन ३, दोलखा ।

कृष्ण बहादुर बुढाथोकी,

मेलुङ १, पवटी, दोलखा

श्री पालिका प्रमुख तथा वडा प्रमुख ज्यूहरू,

जनताले तपाईंहरूलाई चुनेर पाँच वर्ष आफ्नो पालिकाको नेतृत्व गर्न पठाएका छन् विचार गर्नुस् आफु खुशि जथाभावी कार्यक्रम छ भन्दै नभुल्नुस, यसलाई सहि मार्गदर्शन निति नियमन बनाई पालना गर्न तत्पर रहनुस् ।

यहाहरू स्थानीय निर्वाचनमा उठ्नुको विविध कारण थिए होलान्( नामरदाम कमाउन, पुर्खाको विरासत थाम्न, आफ्नै दलले टिकट नदिएपछि बागीको रूपमा, सत्ता र शक्तिको केन्द्रमा बस्न, इमानदार भएर काम गर्न, अरूसँगको विरक्ति र असन्तुष्टि पोख्न, आदि। कति बाहिर भन्नै नमिल्ने कारणहरू पनि होलान्।

राजनीतिलाई फोहोरी खेल भन्नेहरू धेरै छन्। जसले जे भने पनि बहुमत जनताले चुनेका तपाईंहरू पूरै ुफोहोरीु हुनु हुन्न होला, पूरै खराब हुनु हुन्न होला। मानिसहरूलाई पक्कै पनि केही न केही गुन लाउनुभएको होला। मानिसहरूलाई सुन्दर भविष्यको सपना देखाउनुभएको होला। त्यसमा मानिसहरू विश्वस्त भएर त होला उनीहरूले तपाईंहरूलाई अरू उम्मेदवारभन्दा धेरै मत दिए।

जनताले तपाईंहरूलाई मत दिनुका कारण पनि विविध होलान्( व्यक्ति वा विचार मन परेर, तपाईंहरूले पहिले गरेको काम देखेर, प्रचार शैलीबाट प्रभावित भएर, तपाईंहरूसँग कुनै लाभ लिएकाले, आदि। यसमा पनि कति बाहिर भन्नै नमिल्ने कारणहरू पनि हुन सक्छन्।

जुन सुकै उद्देश्यका लागि भए पनि तपाईंहरूलाई मत दिने, नदिने वा दिन नपाउने सबैको निर्वाचित नेता भइसक्नु भएको छ।

तपाईंहरूको मन भित्र कतै न कतै त होला( पाँच वर्ष गज्जब काम गर्न सकौं। आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन सकौं।

तपाईंहरू भित्रको त्यही चाहना र सपनाको माझमा बालबालिकाहरू पनि होलान्। आफ्नो पृष्ठभूमि, दल वा आबद्धता जे सुकै भए पनि तपाईंहरूलाई बालबालिकाहरूको माया लाग्छ होला। अन्य ठाउँका बालबालिकाको वास्ता नभए पनि आफ्नो परिवार, छिमेक, टोल र पालिकामा भएका बालबालिकाको माया लाग्छ होला।

वर्षमा दुई सयभन्दा बढी दिन बालबालिकाहरू विद्यालयमा हुन्छन्। विद्यालयको सिकाइले उनीहरूको भविष्य निर्धारण गर्छ। त्यही विद्यालय शिक्षाको नेतृत्व, सञ्चालन र व्यवस्थापन गर्ने स्थानमा तपाईंहरू हुनुहुन्छ।

विद्यालयका बालबालिकाहरू अहिलेका मतदाता होइनन्। अर्को पाँच वर्षमा तपाईंहरूको क्षेत्रमा केही हजार बालबालिकाहरूले मत हाल्न पाउलान्। यी बालबालिकाहरू अहिले आफ्नो स्वार्थ पूरा गरिदिनु पर्‍यो भन्दै तपाईंहरूको ढोकामा आउँदैनन्। तपाईंको समर्थन वा विरोधमा नारा लाउँदैनन्। कतै ुसोर्सु लाइदिनु पर्‍यो भन्दै तपाईंलाई पछ्याउँदैनन्।

त्यसैले यी बालबालिकाहरू तपाईंहरूको नजरबाट ओझेल पर्न सक्छन्। ठूला मान्छेहरूको काममा नै तपाईंको समय बित्न सक्छ। अरूले सहजै देख्ने भौतिक पूर्वाधारको विकासमा मात्र तपाईंको ध्यान पुग्न सक्छ।

तर आज हामीले बेवास्ता गर्ने यिनै बालबालिकाहरूले भोलिको समाज बनाउने हुन्। विद्यालयबाट बालबालिकाको सिकाइ उच्च भयो भने उनीहरूले समग्र समाजको भविष्य बनाउने छन्।

हामीले देखेका छौं( एक राम्रो नेताको लक्षण भनेको आजका आकस्मिक आवश्यकता पूरा गर्दै सुन्दर भविष्यको पूर्वाधार अहिलेदेखि नै तयार गर्नु पनि हो। आजको विद्यालय बनाउनु र बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु भनेको केही वर्षपछिको समाज पनि बनाउनु हो। आजको विद्यालय जस्तो भयो भोलिको सरकार, सदन, सडक र समाज उस्तै हुनेछ।

आफ्नो कार्यक्षेत्रको विद्यालयहरूलाई उत्कृष्ट बनाउनु भयो भने तपाईंलाई आशीर्वाद र समर्थन हजारौं विद्यार्थी, अभिभावक र शिक्षाको महत्व बुझ्ने हरेक नागरिकले दिनेछन्। आफ्नो पालिका बाहिर पनि तपाईंहरूको चर्चा हुनेछ। तपाईंहरूको अभ्यासबाट अरूले सिक्नेछन्।

अबको पाँच वर्षमा पनि सार्वजनिक शिक्षामा रूपान्तरणको उदाहरण आमआदमी पार्टीले भारतको नयाँ दिल्लीमा गरेको उदाहरणबाट मात्र होइन, हाम्रै पालिकाहरूमा हेर्न पाइयोस्।

केही नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन्। यसको लागि नेपालमा भइरहेका अभ्यास र केही अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न सकिन्छ। केही विद्यमान संरचनालाई सुदृढ बनाएर र केही संरचना थपेर गर्न सकिन्छ।

त्यसै गरी नेपालमा पनि राष्टिय प्रजातान्त्रिक पार्टीले जितेका केहि झापा जिल्ला भित्र आफ्ना नमुनाहरु तय गरि सकेको तहाँहरुलाई यर्थाथ थाहानै होला ।

हरेक नगरपालिकामा समग्र शिक्षा हेर्ने शिक्षा शाखा छ। त्यस शाखाका कर्मचारीलाई परिचालन गरेर र केही बाह्य जनशक्ति थपेर समग्र रूपान्तरणको काम गर्न सकिन्छ। इच्छाशक्ति हुने हो भने आमूल परिवर्तन ल्याउन सक्ने प्रशस्त ठाउँहरू छन्।

तल उल्लेख गरिएका केही अभ्यास मात्र गर्न सकियो भने पनि पालिकामा शैक्षिक रूपान्तरणका अनगिन्ति सम्भावनाहरू खुल्नेछन्। उल्लिखित अभ्यासहरू कतिपय नेपालमा भइरहेका छन्, कति छिमेकी मुलुक भारत र अन्य केही देशमा भइरहेका छन्। यी अभ्यासबाट सिक्दै पालिकाले आफ्नै मौलिक प्रयोग पनि गर्न सक्छ।

पालिकाको समग्र शैक्षिक स्थिति पत्ता लाउने

शैक्षिक रूपान्तरणको योजना बनाउनुअगाडि आफ्नो पालिकाको समग्र शैक्षिक स्थिति पत्ता लगाउनु आवश्यक छ। त्यसपछि हरेक वर्षको प्राथमिकता छुट्याउन सजिलो हुनेछ।

अन्य देशहरुमा सबैभन्दा ठूलो नागरिक सहभागितामा हुनका लागि निम्ति शिक्षण क्षेत्रमा सर्वेक्षणको आवश्यक्ता र महत्पूर्ण भूमिका रहन्छ । सर्वेक्षणले वार्षिक रूपमा विद्यार्थीहरूको आधारभूत सिकाइको भरपर्दो जानकारी दिन्छ। यस सर्वेक्षणमा हरेक विद्यालयको सिकाइ उपलब्धि, भौतिक संरचना, बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभाव पार्ने कारक तत्वहरू, आदि धेरै पक्षको अध्ययन गर्न सकिन्छ।

देशका कयौँ क्षेत्रहरुले आफ्ना नमुनाहरु तय गरि कामलाई अघि सारि सकेका छन हो त्यस्तै उपमहानगरपालिकाले गरेजस्तो सर्वेक्षण हाम्रो पालिकाले पनि गर्न सक्छ। स्थानीय कलेजका विद्यार्थीहरू र केही स्वयंसेवकहरू परिचालन गरेर यस सर्वेक्षण न्यूनतम खर्चमा गर्न सकिन्छ।

यस्तो अध्ययनले दिएको तथ्यांकको आधारमा पालिकाको प्राथमिकता, सहयोग बढी चाहिने विद्यालय, आदि छनोट गर्न सजिलो हुन्छ। हरेक तवरमा आर्थिक सामाजिक विकास पनि छिटो हुन्छ ।

विद्यार्थी र मुख्य सरोकारवालाहरूलाई रूपान्तरण योजनामा सहभागी गराउने

कुनै पनि योजना बनाउनुअगाडि विद्यार्थीहरूको अनुभव सुन्नै पर्छ। हरेक योजना उनीहरूको अनुभव, वास्तविकता, आवश्यकता र सपनाबाट निर्देशित हुनु पर्छ। त्यस्तै अन्य विभिन्न पक्षको पनि सहभागिता सुनिश्चित गर्नु पर्छ( बालबालिकाहरूलाई जन्माउनेरहुर्काउने अभिभावक, विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापक, शिक्षण सिकाइ क्रियाकलाप सन्चालन गर्ने शिक्षक, बालबालिका सम्बन्धी अध्ययन गर्ने अध्येताहरू, आदि।

यसबाट पालिकाले तय गर्ने कुनै पनि योजना आफ्नो परिवेश सुहाउँदो हुनेछ। परिवेश मिल्ने योजना मात्र सम्पूर्ण सरोवारकालाहरूको सहभागितामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ।

थप कुरा अर्को लेखमा ……….