संसदीय विशेष समितिमा रिकभर सीसीटीभी फुटेजको अध्ययन सुरु

  • प्रकाशित मिति : July 26, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौ,१० श्रावण । बजेट निर्माणतको समयमा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हेर्न थालेको छ ।

सोमवार प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ ।  सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् ।

तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।