सडकमै पोल राखेर साइकल लेन बनाउँदैछ ललितपुर महानगर

  • प्रकाशित मिति : July 27, 2022
  • कान्तिपुर सञ्चार

साउन ११, काठमाडौ । ललितपुरको सातदोबाटोदेखि लगनखेलसम्म सडकका दुवैतर्फ साइकल लेन व्यवस्थित गरिँदैछ।

ललितपुर महानगरपालिकाले बार (ब्यारिकेटेड पोल) सहितको साइकल लेन तयार पार्न लागेको हो।

महानगरले यसअघि पनि सडकमा साइकलका लागि छुट्टै लेन संकेत गरेको थियो।

महानागरले लगनखेल–सातदोबाटो सडक खण्डमा परीक्षणस्वरूप ब्यारिकेटेड पोल राखेर हिजोआज साइकल लेन निर्माण गरिरहेको छ।

यो ब्यारिकेटेड पोल अँध्यारोका बेला टल्कन्छ।

पोल राखिएका कारण अब साइकलका लागि बनाइएको लेनमा साइकल गुडाउन सजिलो पर्नेछ।