सपनाहरु बोकेर हिँडे पनि यो बिरानो सहरमा पूरा गर्न धेरै गार्हो रहेछ।

  • प्रकाशित मिति : July 1, 2022
  • कान्तिपुर सञ्चार

असार १७, दोलखा । पढाइ सकेर शहर छिरेको पनि धेरै भएछ। विभिन्न सपनाहरु बोकेर हिँडे पनि यो बिरानो सहरमा पूरा गर्न धेरै गार्हो रहेछ। २४ घण्टामा २० घण्टा काम त्यो पनि बिना छुट्टि। त्यसैले होला नत घरमा कल गर्न पाएको थियो न त कोहि साथिहरुसँग बोल्न पाएको थियो। सायद सबैको आफ्नो आफ्नो बाध्यता पनि थियो होला। तर आज रातको १० बज्दै थियो काम बाट अलि छिटो छुट्टि भएर छिट्टै कोठामा आए। फेसबुक खोले त्यहाँ कोहि साथिको स्टोरी पहिलो पेजमा नै थियो। जसको स्टोरी पहिलो पेजमा थियो त्यो स्कुल समयको आत्मिय साथी थियो।

रगतको नाता पछिको प्यारो नाता साथिको हुन्छ भन्थे त्यसैले होला त्यो स्टोरी नहेरि मन शान्त नै भएन। त्यसमा उस्को फोटो थियो। उसलाई देख्नसाथ हातको औलाहरु लाईक बटन थिच्न अगि बढिसकेछन। त्यहाँ कसैको महत्त्वपूर्ण भनाई राखिएको थियो। त्यो सुनेपछी त झन कमेन्ट नगरी फर्किने मन नै भएन। कमेन्ट मा लेखिदिए,ू मन छुने भनाईू । सायद ऊ सुतेको थिएन रहेछ मैले गरेको म्यासेज को रिप्लाई आयो,ू धन्यवाद साथी

हामी म्यासेन्जर मा जोडियौँ। धेरै पछि बोलेको भएर होला मनलाई हल्का महसुस भएको थियो। तर साथिहरुको पनि छुट्टै समस्या थियो होला बिरानो सहरमा बसेपछी। केही समयको वार्तालाप पछि,ूअब म सुत्छु है भोलि बिहान छिट्टै उठ्नुपर्छू भन्दै शुभरात्रीको सन्देश छाडेर गयो।

रोक्न पनि सकिन। सोचे कसैको व्यक्तिगत जीवन मा किन बाधा बन्नु। मनमा कुराहरु धेरै भए पनि उसलाई बिदाईको सन्देश छोडेर बिदा भएँ।
सगै साथमा हुन नपाएपनी र लामो समय कुरा गर्न नपाए पनि सबैलाई धेरै सम्झिरहेको छु साथिहरु ।

बालापन जहिले पनि प्यारो हुने रहेछ किनकी बालापनका ती साथिहरुसग को रमाइलो पल सम्झेर, न त बालापन भुल्न सकिने रहेछ न त प्यारा साथिहरु ।

आखिरमा सम्झना मात्र रहने रहेछ । लेखक लक्ष्मण लक्ष्मण