सप्तकोशीले कटान सुरु गरेपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ

  • प्रकाशित मिति : August 3, 2022
  • कान्तिपुर सञ्चार

साउन १८, काठमाडौँ । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन् ।  गए रातिदेखि परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भू–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षित स्थलतर्फ लागेका हुन् ।

पानीको बहाव अत्याधिक मात्रामा बढेपछि कोशी ब्यारेजका ३२ वटा ढोका खोलिएका छन भने २ लाख १६ हजार ८५ क्युविक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेकाले सुरक्षा सर्तकता अपनाउन प्रहरीले तटीय क्षेत्रका बासिन्दालाई सर्तक गराइएको छ ।