सल्लाघारी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई राहत दिन सांसदहरूको माग

  • प्रकाशित मिति : July 25, 2022
  • कान्तिपुर सञ्चार

साउन ९, २०७९ काठमाडौँ । भक्तपुरको सल्लाघारीमा सल्लाको रूख ढलेर तीन जनाको मृत्यु भएको छ।

१३ जना घाइते छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका थिए।

उनले यस्ता घटना अन्य क्षेत्रमा पनि हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए।

अर्का सांसद महेश बस्नेतले भक्तपुरको सल्लाघारीमा भएको घटनाका घाइतेहरुको स्वास्थ्यलाभको कामना  गरेका छन्।

उनले पुराना बस हटाउन पनि अनुरोध गरेका थिए। घाइतेको उपचार व्यवस्था सरकारले मिलाउनुपर्ने र मृत्यु भएकाहरूका परिवारलाई राहत दिनुपर्ने माग संसदमा उठेको छ।