साफ महिला च्याम्पियनसिप भदौमा काठमाडौंमा हुने

  • प्रकाशित मिति : July 3, 2022
  • कान्तिपुर सञ्चार

असार १९, काठमाडौ । आगामी भदौमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ।

आज ढाकामा भएको साफको साधारणसभाले यो संस्करणको साफ महिला च्याम्पियनसिप नेपालले गर्न गरेको प्रस्ताव स्विकृत गरेको हो।

प्रतियोगिता आगामी भदौ १३ देखि २५ गतेसम्म काठमाडौंको दशरथ रंगशाला हुनेछ।

अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो।

सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको थियो। यो प्रतियोगिताको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो।

अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।