सार्बजनिक जग्गा अधिग्रहण गरि आफ्नो स्वार्थ पुर्ती गर्न खोज्ने दोलखा जिल्लाको मेलुङ गाउँपालिका एक पवटिको सुर्योदय बचत तथा ऋण सहकारी सस्था बिरुद्ध उजुरी

  • प्रकाशित मिति : July 4, 2022
  • कान्तिपुर सञ्चार

 

असार २०, काठमाडौ । दोलखाको मेलुङ गाउँपालिकाले नाफामुलक सहकारीलाई भवन निर्माणका लागि बजेट दिएको खुलासा भएको छ । गाउँपालिकाले वडा नं. १ पवटीस्थित रमाइलो चोकमा रहेको ‘हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ लाई भवन निर्माणका लागि भन्दै १० लाख रुपियाँ बजेट दिएको खुलेको हो ।

बजेट उपलब्ध भएसँगै सहकारीले केहिदिन देखि भवन निर्माण कार्य गरिरहेको छ ।

सरकारी बजेट कृषि सहकारी, साना किसान समुह वा बहु उदेश्यीय सहकारीलाई दिन मिल्ने भएपनि पूर्ण रुपमा वित्तीय कारोबार गर्ने सहकारीलाई भवन निर्माण वा अन्य कुनै बहानामा दिन नमिल्ने प्रावधानमा स्पष्ट उल्लेख छ । तर गाउँपालिकाले बचत तथा ऋण सहकारी संस्थालाई भवन निर्माणका लागि बजेट दिएपछि पवटीबासी आश्चर्यमा परेका छन् ।

यसरी नाफामुखी सहकारीलाई ऐन विपरित बजेट दिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

संस्थाका संचालक समितिका अध्यक्ष छत्रराज उप्रेतीले भवन निर्माणका लागि बजेट उपलब्ध गराउन भन्दै पालिकामा माग गरेका थिए । उक्त माग बारे कार्यपालिका बैठकमा नाफामुलक सहकारी संस्थालाई बजेट दिन नहुने भन्दै बिरोध भएपनि तत्कालिन गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले शिर्षक मिलाएर उक्त सहकारीलाई बजेट दिइएको पाइएको हो ।

कस्तो अवस्थामा उपलब्ध हुन्छ सरकारी बजेट

स्थानीय सरकारले पूर्ण रुपमा वित्तीय कारोबार गर्ने सहकारी बाहेक साना किसान विकास लघु वित्त मार्फत सञ्चालित साना किसान कर्जा कार्यक्रमका लागि बजेट उपलब्ध गराउन सक्छ । यसैगरी गरिबका लागि लघु उद्यम लगायत उद्योग क्षेत्रका कार्यक्रम जस्तै, वन पैदावारमा आधारित उद्यम, कृषि वन, नर्सरी स्थापना तथा वृक्षारोपण, संरक्षित क्षेत्र, जडीबुटी उत्पादन तथा प्रशोधन लगायत रोजगारी सिर्जना गर्ने कार्यक्रमका लागि बजेटको ब्यबस्था गर्न सक्छ । त्यस्तै बहु उदेश्यीय सहकारी मार्फत किसानका लागि आवश्यक बिउबिजन, खाद्य, मल खरिद वा बिक्रिका कार्यमा समेत बजेट निकासा गर्न सक्ने अवस्था हुन्छ ।

निर्माणमा सार्वजनिक जग्गा अतिक्रमण

‘हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ले भवन निर्माण गर्दा पनि सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइएको छ । सहकारीले रमाइलो चोकमा निर्माण गर्दै गरेको जमिन आधा सार्वजनिक र आधा अरु नै व्यक्तिको परेको पाइएको हो । अमिन ल्याएर त्यस क्षेत्रको नापजाँच गर्दा आधा जमिन सार्वजनिक र आधा जमिन तुलसी नेपालीको नाममा रहेको पत्ता लागेको हो ।

काम गुणस्तरहिन

सहकारी भवन निर्माणमा चरम बेथीति देखिएको छ । ठेकेदार कम्पनीले रातारात मापदण्ड बिपरीत काम गरेपछि प्राविधिकले काम नै रोकिदिएका छन् । ठेकेदारले रातारात पिपिसी नगरी पिलर ठड्याएको थियो । त्यसलगत्तै प्राविधिकले काम नै रोकिदिएका थिए । फेरी ठेकेदारले मापदण्ड पुरा गर्ने र गुणस्तरीय काम बताएपछि बुधबार ९हिजो० देखि भवन निर्माणको काम अघि बढेको छ ।

स्मरण रहोस्( भवन निर्माण भैरहेको स्थान वडा कार्यालय नजिकै हो । सार्वजनिक जग्गा मिचेर मापदण्ड बिपरीत भवन निर्माण भैरहेको मात्रै नभई जनताको चासोको बिषयमा त्यहाँका स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् ।

यसअघि पनि उक्त सहकारीमा चरम बेथीति र व्यापक भ्रष्टाचार भएको जनगुनासो छ ।

साथ साथै यस सहकारीको भवन सार्वजनिक स्थलमा निमार्ण कार्य हुदै गर्दा यस्ता कयौ व्यक्तिहरुले सार्वजनिक जग्गालाई आफ्नै पुस्तेउली जमीनका रुपमा अदिक्रमण गर्दै आएका छन । तर अतिनै गरे पछि व्यक्तिबाद वा समाजवादका नारा बोकेर हिडेका एक यूवाले आज निर्माण कार्य अविलम्बन रोक्का गरी पाउ भन्दै सम्बन्धित निकायहरुमा यो रोक्का ज्ञापन पत्र बुझाएका हुन ।