‘सेभेन भिलेन’ बनाउँदै राजेन्द्र

  • प्रकाशित मिति : April 1, 2022
  • कान्तिपुर सञ्चार

नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी लामो समयपछि फिल्म निर्माणमा फर्किने भएका छन् । उनी ‘सेभेन भिलेन’ नामक फिल्मबाट पुनः निर्माणमा देखिन लागेका हुन् । फिल्मको निर्देशन शोभित बस्नेतले गर्ने भएका छन् । बैशाख अन्तिमबाट छायाङ्कन सुरु हुने बताइएको फिल्म ७ भिलेन चरित्रको बिषयमा निर्माण हुन लागेको हो ।

दर्शकले भिलेनको चरित्रमा रुचाएका ७ कलाकारको फिल्ममा मुख्य भुमिका रहने निर्देशक बस्नेतले बताए । फिल्मको मुख्य भूमिकाको लागि राजेन्द्र खड्गी, सुनील थापा, दिनेश डिसी, सम्राट सापकोटा अहिले फाइनल भएका छन् भने केही छान्न बाँकी रहेको बस्नेतको भनाई रहेको छ ।

एक्सन जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । ‘सेभेन भिलेन’ भन्दा अगाडि निर्देशक बस्नेत ‘हाम्रो स्वर्ग’ नामक फिल्मको काम गर्नेछन् ।