ह्वातै बढ्यो पर्यटक आगमन, तीन महिनामा सवा लाख विदेशी भित्रिए

  • प्रकाशित मिति : April 19, 2022
  • कान्तिपुर सञ्चार

कोरोना भाइरसको महामारी कम भएसँगै विदेशी पर्यटक आगमन ह्वातै बढेको छ । सन् २०२२ लागेसँगै झण्डै सवा लाख विदेशी पर्यटक नेपाल भित्रिसकेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका अनुसार गएको तीन महिना ९जनवरी, फेब्रुअरी र मार्च० मा मात्र कुल ७८ हजार ७४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । तर, अघिल्लो वर्षको सोही अवधिमा जम्मा ३२ हजार ९९७ जना मात्र विदेशी नेपाल घुम्न आएका थिए ।

 

तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यसवर्ष झण्डै ६० प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको हो । थप, पछिल्लो अप्रिल महिनामा अझ पर्यटक आगमनको संख्या तीब्र गतिमा बढ्ने संकेत देखिएको छ । जुन अप्रिल लागेसँगै ह्वातै बढेको पर्यटक आगमनको संख्याले देखाएको छ ।

अध्यागमन विभागका अनुसार चालु अप्रिलको १६ दिनमा मात्र ३२ हजार ९५४ जना विदेशीहरु नेपाल आइसकेका छन् । यस्तो संख्या अप्रिल अन्तसम्ममा ६० हजार माथि पुग्ने विभागको अनुमान छ । अघिल्लो वर्षको अप्रिलमा जम्मामा २२ हजार ४५० जना मात्र विदेशीहरु नेपाल आएका थिए ।

यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको संख्या मात्र हो । हवाई मार्गको तुलनामा स्थलमार्ग गाडी मार्फत आउने भारतीय पर्यटकहरुको संख्या तीन गुणाले बढी हुने गरेको सरकारी अनुमान छ ।