२० देशका लागि राजदूत सिफारिस

  • प्रकाशित मिति : April 7, 2022
  • कान्तिपुर सञ्चार

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेको मन्त्री विरोध खतिवडाले कान्तिपुर सञ्चारलाई जानकारी दिए ।

प्रस्तावित राजदूतमा जनता समाजवादी पार्टी जसपाबाट डेनमार्कका लागि प्रा.डा.रामस्वार्थ राय र साउदी अरेबियाका लागि नवराज सुवेदी रहेका छन् । यस्तै एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश राज पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेललाई कतार वा मलेसियाका लागि सिफारिस गरिएको छ । यस्तै नेकपा माओवादी केन्द्रबाट विष्णु पुकार श्रेष्ठ चीनको लागि राजदूत सिफारिस भएका छन् ।

त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी ढजापानण, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।