स्वतन्त्र निर्वाचित मेयर शाही र जिसस उपप्रमुख बुढा एकीकृत समाजवादीमा प्रवेश

  • प्रकाशित मिति : July 22, 2022
  • कान्तिपुर सञ्चार

साउन ५, २०७९, काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन्।

वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याएका थिए। शाहीलाई माओवादी र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका थिए।

यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ।

त्यसैगरी डाेल्पाका जिल्ला समन्वय समितिका उपप्रमुख तेजेन्द्रबहादुर बुढा पनि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।