Breaking News

पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ विमोचन

kanti

काठमाडौं । साहित्यकार पुष्पा धमलाको गजल संग्रह ‘पुष्पहार’ विमोचन भएको छ । राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार एक कार्यक्रममा बीच पुस्तक विमोचन गरिएको हो । हातेमालो साहित्य संगलद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतिको प्रमुख आतिथ्यतामा पुस्तक विमोचन भएको हो ।

साहित्य क्षेत्रमा निकै रुचि राख्ने धमला ओखलढुंगा स्थायी घर भई हाल काठमाडौं बस्दै आएकी छिन् । उनले यसअघि पनि विभिन्न साहित्यिक कृतिहरु विभिन्न माध्यमबाट बजारमा ल्याउने गरेकी छिन् ।

विमोचन कार्यक्रममा धमलाले आफ्नो यो पुस्तकमा समावेश भएका गजलहरु सबैले मन पराइदिने आशा राखेको बताएकी छिन् । कार्यक्रममा उप्रेतीसहित अन्य विभिन्न साहित्यकारहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज कति छ,सुनचाँदीको बजार भाउ ?

 काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवै धातुको भाउ बढेको हो। आज सुनको भाउ प्रतितोला छ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छ सय […]

Subscribe US Now