Breaking News

अस्टन एगरले ६ विकेट लिएपछि अस्ट्रेलियाको शानदार जित

 फागुन १९, काठमाडौं । अस्टन एगरले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि अस्ट्रेलियाले तेस्रो टी-२० खेलमा न्युजिल्याण्डमाथि शानदार जित हात पारेको छ ।

बुधबार वेलिङ्गटनमा भएको खेलमा ग्लेन म्याक्सवेल र एगर चम्केपछि अस्ट्रेलियाले घरेलु टोली न्युजिल्याण्डलाई ६४ रनले पराजित गर्दै सिरिजमा पहिलो जित हात पारेको हो । म्याक्सवेलले आक्रमक ब्याटिङ गर्दै ७० रन बनाएका थिए । यसअघि लगातार दुई खेल हारेको अस्ट्रेलियाले तेस्रो खेल जितेपछि पाँच खेलको सिरिज २-१ को अवस्थामा पुगेको छ ।

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १७.१ ओभरमा १४४ रनमै अलआउट भयो । न्युजिल्याण्डलाई अलआउट गर्न एगरले ४ ओभरमा ३० रन खर्चेर ६ विकेट लिए । टी-२० मा एगरको यो उत्कृष्ट बलिङ फिगर हो । उनले १३औं ओभरमा ग्लेन फिलिप्स, डेभोन कनवे र जेम्स निसमलाई आउट गरेका थिए ।

यस्तै डेब्युटान्ट रिले मेरेडिथले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कन रिचर्डसन र एडम जाम्पाले समान १ विकेट लिए ।

न्युजिल्याण्डका लागि ओपनर मार्टिन गप्टिलले सर्वाधिक ४३ रन बनाए भने डेभोन कनवेले ३८ रन जोडे । अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा न्युजिल्याण्ड १७ बल अगावै अलआउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान आरोन फिन्च र म्याक्सवेलको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

अर्को ओपनर तथा विकेटकिपर म्याथ्यु वेड व्यक्तिगत ५ रन बनाएर आउट भएपनि फिन्च र जोस फिलिपले इनिङ्स सम्हाले । यी दुईले दोस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे । फिलिपले २७ बल खेल्दै ४३ रन बनाए । त्यसपछि तेस्रो विकेटका लागि पिन्च र म्याक्सवेलले ६४ रनको साझेदारी गरे ।

म्याक्सवेलले ३१ बल खेल्दे ८ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाए । यस्तै फिन्चले ४४ बल खेल्दे ८ चौका र २ छक्का मद्दतमा ६९ रन जोडे । न्युजिल्याण्डका इश सोधीले २ तथा टिम साउथी र ट्रेन्ट बोल्टले समान १ विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३३९९ मा पिसिआर गर्दा ६७ लाई कोरोना

फागुन १९, काठमाडौं। नेपालमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ। पछिल्लो २४ घन्टामा ६२ जना […]

Subscribe US Now