Breaking News

गोर्खाली बहादुरीमा ‘गोर्खा वारियर’

काठमाडौं– गोर्खालीको बहादुर र वीरताको कथालाई चित्रण गर्न फिल्म ‘गोर्खा वारियर’ निर्माण हुने भएको छ । लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन फागुन २३ गतेबाट सुरु हुँदैछ ।

राजधानीमा मंगलबार आयोजित फिल्म घोषणा कार्यक्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने स्मरण गर्दै त्यही चर्चालाई चित्रण गर्न फिल्म निर्माण गर्न लागिएको बताए ।

चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माता छन् ।

फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भूवन सिंह राई, शिशिर वाङदेल, बुद्धि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतको मुख्य भूमिका रहनेछ ।

शैलेन्द्र खनालको शब्द रहने फिल्ममा एलिस कार्कीको संगीत, मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन बीसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहनेछ ।

फिल्म मलेसिया, बेलायत र नेपालमा छायांकन हुनेछ । निर्माता तथा निर्देशक मिलनका अनुसार यसको ४ वटा सिरिज बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री पद पाए भाग्दिनः सभापति देउवा

फागुन १९, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा आफूहरू जिम्मेवारीबाट नभाग्ने बताएका छन् । चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । उनले कांग्रेसलाई पदको लोभ नभए पनि जिम्मेवारीबाट नभाग्ने बताएका हुन् । साथै उनले संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफूले […]

You May Like

Subscribe US Now