Breaking News

चाैतर्फी विराेधका बावजुद बालाजुमा महानगरकाे डाेजर (तस्वीरसहित)

फागुन १९, काठमाडौं। चाैतर्फी विराेधका बाबजुद  सरकारले बालाजु बाइपासमा डोजर चलाउन छाेडेकाे छैन । सर्वाेच्च अदालतको आदेश बेवास्ता गर्दै केही स्थानीयकाे उठिबास लगाएकाे सरकारले बाक्लो संंख्यामा प्रहरी परिचालन गरी आज पनि डाेजर चलाएकाे हाे । डोजरसँगै बाटो बनाउने अरु मेसिनहरू पनि ल्याइएको छ ।

प्रहरीले विरोध गर्ने स्थानीयवासीलाई पक्रेर हिरासतमा राख्नेदेखि घरभित्रै लगेर थुनिदिनेसम्म गरिरहेकाे छ । पीडितहरूले राजनीतिक प्रतिशोध साधेर सरकारले निजी सम्पत्तिमाथि डोजर चलाएको बताएका छन् ।

सर्वाेच्च अदालतकाे आदेशअनुसार कसैलाई पनि उनीहरूको सहमतिबिना बसिरहेको ठाउँ वा घरबाट हटाउन पाइँदैन । तर, बालाजु बाइपासमा अदालतको आदेशविपरीत बल प्रयाेग गरेर काठमाडाैं महानगरपालिकाले घर टहरा हटाएकाे छ । यसरी घर टहरा भत्काइएकाे ठाउँमा सडक बनाएर पिच गर्न थालेकाे छ ।

फोटोफिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्ता छन् अम्बाको पातको फाइदा

बिचार। हामीले अम्बा खाइरहँदा त्यसको पातको वास्ता गरेका हुदैनौं । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको अध्ययनहरुले देखाएका छन् । यी हुन् अम्बाको पातको रस पिउनुका फाइदाहरु अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजोलाई सफा गर्ने काम गर्दछ । अम्बाको पातले छालादेखि […]

You May Like

Subscribe US Now