Breaking News

तेस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डको जित

एजेन्सी- भारतविरुद्धको तेस्रो टी-ट्वान्टी क्रिकेटमा पाहुना टोली इंग्ल्यान्ड विजयी भएको छ ।

अहमदाबादमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

यस जितसँगै ५ खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ ।

भारतले दिएको १ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै जोनी बेयर्स्टोले २८ बलमा ५ चौकासहित अविजित रहदै ४० रन बनाए । डाविड मालन १८ रनमा आउट हुँदा जासन रोयले ९ रन बनाए ।

भारतका युजभेन्द्र चाहल र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो ।

भारतका कप्तान विराट कोहलीले अविजित रहदै ७७ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधबार कुन भगवानको पूजा कसरी गर्ने ?

काठमाडौँ– हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। […]

Subscribe US Now