Breaking News

फ्रान्समा फेरि लकडाउन घोषणा, स्कुल तीन साताका लागि बन्द

 

पेरिस, चैत १९, फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका छन्। कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरेका हुन्।

शनिबार देखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहनेछ। राजधानी पेरिस लगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए।

म्याक्रोंले देशभरिका विद्यालय पनि तीन साताका लागि बन्द हुने बताएका छन्। फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ। पछिल्लो समय कोरोनाविरूद्धको खोप लगाउन थालिए पनि त्यसको गति सुस्त भएकाले नयाँ भेरियन्टसहित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको छ।

अहिले फ्रान्समा दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन्।

बिरामीहरू धेरै भएर देशको स्वास्थ्य प्रणालीले नै काम गर्न नसक्ने अवस्था नआओस् भनेर म्याक्रोंले अर्थतन्त्रलाई दाउमा राखेर फेरि लकडाउन घोषणा गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजैबाट फोहोर उठ्ने केहि दिन यता भएको अवरोध खूल्ला

चैत २०, २०७७, काठमाडौँ । देशका विविध क्षेत्रहरु मभ्य काठमाडौँ महानगरपालिका र ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीय सहित जनप्रतिनिधि बीच भएको सहमतिले आजै बाट अवरोध खुला गर्ने निर्णय गरेको छ । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध […]

Subscribe US Now