Breaking News

क्वारेन्टिन बस्न नपर्ने, अष्ट्रेलिया(न्युजिल्याण्डको सीमा खुला

 

२५ चैत, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डले एकअर्काका नागरिकलाई क्वारेन्टिनमा बस्न नपर्ने गरी सीमा खोल्ने निर्णय गरेका छन् । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मंगलबार उक्त निर्णय सार्वजनिक गरेकी हुन् । यो निर्णय अप्रिल १९ देखि कार्यान्वयनमा आउनेछ ।

गत अक्टोबरयता न्युजिल्याण्डका पर्यटकहरुलाई अष्ट्रेलियाका सबैजसो राज्यमा क्वारेन्टिन विना नै प्रवेशको अनुमति दिइएको छ तर न्युजिल्याण्डले क्वारेन्टिन अनिवार्य गर्दै आएको छ । यी दुवै मुलुकमा कोरोना संक्रमण अहिले शून्यको हाराहारीमा झरेको छ ।

गत वर्षको मार्च महिनामा अष्ट्रेलिया र न्युजिल्याण्डले आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेका थिए । उनीहरुले विदेशी आगन्तुकलाई अनिवार्य क्वारेन्टिनको नियम लगाएका छन् ।

न्युजिल्याण्डकी प्रधानमन्त्री अर्डनले कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना गर्दै कोरोनामुक्त बनेको अन्य मुलुक विश्वमा नभएको भन्दै यो मामिलामा विश्वका अन्य मुलुकलाई आफूहरुले नेतृत्व गरिरहेको बताइन् ।

कोरोना महामारी सुरु हुनुभन्दा पहिला वाषिर्क १५ लाख अष्ट्रेलियाली नागरिकले न्युजिल्याण्ड भ्रमण गर्ने गरेका थिए । यो संख्या न्युजिल्याण्ड भ्रमण गर्ने समग्र पर्यटकको करिब ४० प्रतिशत हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी गण्डकीमा सरकार छाड्दै। समर्थन फिर्ता नलिने

  गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरी सकेको छ। प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय नभएको प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिए। ‘अहिलेको परिस्थितिमा सरकारमा बस्न उचित देखिएन’, उनले यो पनि भनेका छन कि सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता लिँदैनौं। माओवादी केन्द्रको बुधबार […]

You May Like

Subscribe US Now