Breaking News

एल क्लासिको रियल मड्रिडको कब्जमा।

२९ चैत काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई २-१ ले पराजित गरेको छ । यस जितपछि एट्लेटिको मड्रिड र बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो मैदान रियलका लागि करिम बेन्जामा र टोनी क्रुसले गोल गरे । बेन्जामाले १३औं र क्रुसले २८औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमै २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफमा बार्सिलोनाले एक गोल फर्कायो । ओस्कार मिगुएजाले ६०औं मिनेटमा गोल गर्दै बर्सिलोनालाई खेल मा पर्काउने प्रयास गरेका थिए तर त्यसपछि थप गोल गर्न नसक्दा रियल विजयी भयो ।

९०औँ मिनेटमा रियलका कासेमिरो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

जितपछि ३० खेलबाट एट्लेटिको समान ६६ अंक जोडेको रियल हेड टु हेडको आधारमा एट्लेटिकोलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो । एक खेल कम खेलेको एट्लेटिको दोस्रोमा छ र शीर्ष स्थान फर्कने अवसर छ ।

३० खेलबाट ६५ अंक रहेको बार्सिलोना तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्यामा भने अघिल्लो साताको तुलनामा कुनै परिवर्तन नआएको स्वास्थ्य विभागले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा […]

You May Like

Subscribe US Now