Breaking News

बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्यामा भने अघिल्लो साताको तुलनामा कुनै परिवर्तन नआएको स्वास्थ्य विभागले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ८० पुगेको छ ।

यसैगरी बितेको २४ घन्टामा २ हजार पाँच सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । गएको एक हप्तामा १८ हजार ९७० जना संक्रमित थपिएका छन्  । यससँगै संक्रमितको कुल संख्या ४३ लाख ६८ हजार ४५ पुगेको छ । संक्रमित संख्या अघिल्लो हप्ताको तुलनामा ३२ प्रतिशतले ह्रास आएको हो ।

३ करोड ९० लाख  बढी खोप वितरण

बेलायतमा कोरोना विरुद्धको खोप वितरण शुरु भएयता तीन करोड ९० लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ९० लाख १ हजार ५५४ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड २० लाख १० हजार २४४ जनाले खोपको पहिलो र ६९ लाख ९१ हजार ३१० जनाले दोस्रो डोज समेत लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा कोरोना विरुद्धको तिन छुट्टाछुट्टै कम्पनीको खोप वितरण गरिएको छ । यसअघि फाइजर बायोएनटेक र अक्सफोर्ड एक्सट्राजेनेका खोपको वितरण गरिंदै आएकोमा गत बुधबारबाट अमेरिकी कम्पनीद्वारा उत्पादित ‘मोडर्ना’ खोपको पनि वितरण शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज घोडे जात्रा , काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

चैत २९, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । […]

Subscribe US Now