Breaking News

सहभागी हुने, म्यानमारका सैनिक शासक आसियानको सम्मेलनमा

म्यानमारको जुन्ता सरकारका प्रमुख मिन आङ लाइङ दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानको सम्मेलनमा सहभागी हुने भएका हुन्। अप्रिल २४ मा इन्डोनेसियाको जकार्तामा हुने सम्मेलनमा उनी सहभागी हुन लागेका हुन्।

जननिर्वाचित सरकारलाई च्युत गरेर फेब्रुअरी १ मा सत्ता हत्याएका सेना प्रमुख लाइङको कूपछि यो पहिलो विदेश भ्रमण हो।

सैनिक कूपछि भएका प्रदर्शनका क्रममा अहिलेसम्म म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर ७ सय २८ जना नागरिकको ज्यान गएको छ भने हजारौंलाई गिरफ्तार गरिएको खुलासा छ।

म्यानमारका प्रदर्शनकारीहरूले सैनिक कू र नरसंहारलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरिरहेका बेला क्षेत्रीय संगठन आसियानको सम्मेलनमा सेना प्रमुख सहभागी हुन लागेको खुलेको छ । सम्मेलनमा म्यानमारको पछिल्लो अवस्थाबारे पनि छलफल हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हट्यो काठमाडौं उपत्यकाको तुवाँलो

हट्यो काठमाडौं उपत्यकाको तुवाँलो, काठमाडौं । काठमाडौं उपत्यकामा विगत केही हप्ता यता लागेको तुवाँलो हटेको छ । केही दिन देखि परेको वर्षा र हावा हुरी पछि काठमाडौं उपत्यकाको तुवाँलो हटेको हो । गाढा तुवाँलोका कारण काठमाडौं उपत्यकाको वातावरणमा नराम्रो असर परिरहेको थियो ।  

You May Like

Subscribe US Now