Breaking News

इजराइलः धार्मिक आयोजनाका बेला भागदौड, ३८ को मृत्यु

इजराइलमा एक धार्मिक पर्वका बेला भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ । सरकारले हालसम्म आँकडा जारी नगरेपनि एक स्थानीय पत्रिकाका अनुसार कम्तीमा ३८ जनाको मृत्यु भएको छ । यो पर्व इजराइलमा कोरोना महामारी सुरु भएपछि भएको हालसम्मको सबैभन्दा ठूलो आयोजना थियो जसका लागि हज्जारौं मानिस जम्मा भएका थिए ।

इजराइली राष्ट्रपति बिन्यामिन नेतन्याहूले यो घटनालाई ठूलो विपद् बताउँदै हताहतीमा ज्यान गुमाउनेका लागि प्रार्थना गरिरहेको बताएका छन् ।
इजराइलको राष्ट्रिय आपतकालीन सेवा मेगेन डेविड एडम एमडीएले मृतकको संख्या नबताइकनै मानिसहरुको मृत्यु भएको बताएको छ । तर स्थानीय पत्रिका हारेत्जले कम्तीमा ४४ जनाको मृत्यु भएको बताएको छ ।

के भयो

पूर्वोत्तर इजराइलमा माउन्ट मेरोन पहाड मुनी मेरोन शहरमा हरेक वर्ष हज्जारौं परम्परावादी यहूदी मानिसहरु लाग–बोमर नामको पर्व मनाउन जान्छन् । यो स्थानमा दोस्रो शताब्दीका यहूदी सन्त रब्बी शिमान बार योचाइको समाधिस्थल छ । यसलाई यहूदी जगतको सबैभन्दा ठूलो धामिर्क स्थल मानिन्छ । लाग बोमर पर्व मनाउँदै गर्दा त्यहाँ श्रद्धालु आगो बालेर प्रार्थना गर्छन् र नाच्ने गाउने गर्छन् ।

अघिल्लो वर्ष कोरोना महामारीका कारण यो पर्व रद्द गरिएको थियो तर यसपटक इजराइलमा खोप उपलब्ध भएका कारण यसको आयोजना गरिएको थियो । टाइम्स अफ इजराइलका अनुसार आयोजकले बिहिबार रातीको आयोजनामा एक लाख मानिसको सहभागिता रहेको र शुक्रबार पनि मानिसहरु आउने तयारीमा भएको जानकारी दिए ।

प्रहरी स्रोतले पत्रिका हारेत्जलाई केही मानिसहरु सिँढीमा लडेको र त्यसैकारण धेरै मानिसहरु लड्नै गएका कारण भागदौड मच्चिएको जानकारी दिए ।
दुर्घटनाबारे सुरुवाती रिपोर्टमा त्यहाँको संरचना भत्किएको बताए पनि अधिकारीले पछि त्यहाँ भागदौड मच्चिएको भन्ने जानकारी दिए ।

इन्टरनेटमा पोस्ट गरिएको भिडियोमा देखिए अनुसार यो आयोजनाका लागि हज्जारौं मानिसहरु जम्मा भएको देख्न सकिन्छ ।

एक रुढीवादी यहूदी वेबसाइटका संवाददाताले बीबीसीलाई दिएको जानकारीका अनुसार एक हजारभन्दा बढी मानिस एउटा निकै साँघुरो बाटोबाट एउटा सानो स्थानमा जाने कोसिस गरिरहेका छन् र उनीहरु एक–अर्कामाथि खस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पिपिई सेट लगाएर मितेरी पुलमा यसरी कुरा गरे नेपाल र चीनका अधिकारीहरूले

हिजो बिहीबार दिउँसो रसुवाको रसुवागढी नाकामा रहेको नेपाल र चीन बीचको मितेरी पुलमा दुबै देशका अधिकारीहरू पुगेका थिए। आपसमा कुरा गर्न पुगेका उनीहरू सामान्य लुगा लगाएर गएका थिएनन्। दुबैतिरका सबै जनाले सेतै पिपिई सेट, फेससिल्ड लगाएका थिए। रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालका अनुसार चिनियाँ पक्षले रसुवा जिल्लामा कोरोना […]

You May Like

Subscribe US Now