Breaking News

बालबालिकाको शिक्षामा अभिभावकको भूमिका, शुसिला सिहं ठकुरी

शिक्षा भनेको मानिसलाई पूर्ण बनाउने एउटा प्रक्रिया हो । व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक सांस्कृतिक, नैतिक भौतिक आदि प्रत्येक क्षेत्रको सवाङ्गीण विकास गराउनु नै शिक्षाको कार्य हो । बास्तवमा शिक्षा सामाजिक विकासको एक प्रक्रिया हो । यो मानवीय व्यवहार परिवर्तनको मूख्य तत्व हो । शिक्षाको यस खाले अर्थले यसको स्वरुपका बारेमा सङकेत गर्दछ । समयको गतिसँगै शिक्षाको स्वरुप बदलिदै आएको छ ।

१. औपचारिक वा अनौपचारिक वा अनियमित शिक्षा
२. साधारण÷विशिष्ट शिक्षा
३. प्रत्यक्ष ÷ अप्रत्यक्ष शिक्षा
४. व्यक्तिगत वा सामूहिक शिक्षा आदि शिक्षाका स्वरुप हुन ।

शिक्षाका आधुनिक चिन्तन

१. जान्न बुझनका लागि सिकाइ २. गर्नका लागि सिकाइ ३. बाच्नका लागि सिकाइ र ४. केहि बन्नका लागि सिकाई आदि हुन ।

यस प्रकारको शिक्षाको सुरुवात बालबालिका देखि हुन्छ । अहिलेको बालबालिकाले प्रविधि यूक्त शिक्षा लिन रुचाउछन । उनिहरुमा नयाँ कुरा जान्न, सिककन एकदमै उत्सुक हुन्छन । अहिलेका शिक्षित बालबालिका भविष्यको कर्णधार हुन । उनिहरुले लिएका असल शिक्षाबाट सकारात्मक विचार धारणा लिन सकिन्छ । बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्छ । गुणस्तरिय शिक्षाको पहुन देशको हरेक क्षेत्रमा पुयाउन जरुरत छ । जसबाट हरेक ठाँउका बालबालिका शिक्षित हुन्छन र देशका निमाणमूलक कार्यमा नयाँ सिप नयाँ जागर प्रदान गर्न सक्छन ।

YOUTH PARTICIPATION AND SOCIAL RESEARCH CENTER (MERCY SOCIAL ACTION)
https://www.facebook.com/Mercy-Social-Action-100656455403409/

हामीले शिक्षाको रुपमालाई बर्णन गनै पर्दा विविध अर्थले परिभाषित गर्न सक्छौँ । बालबालिकालाई राम्रा कार्य गर्नका लागि कुनै दाता वा कसैन कसैको साथ तथा सहयोग आवश्यक पर्छ । त्यसैले बालबालिकालाई सर्व भन्दा बढि सहयोग र साथ अभिभावकले गर्नु पर्छ । बालबालिकाको अभिभावक भनेको आमा बाबा हुन । सानै देखि जन्माइ उर्काइ ठूला बनाउछन असल पालन पोषणका साथ असल शिक्षा पनि दिएका हुन्छन ।

बालबालका हुर्काउने काम अत्यन्त संवेदनशिल विषय भएकोले अभिभावकहरुमा यस विषयको विशेष ज्ञान तथा सिपको आवश्यकहरुमा यस विषयको विशेष ज्ञान तथा सिपको आवश्यकता पर्दछ । जसवाट उनीहरुले आफना बालबालिकालाई स्नेह पूर्ण व्यवहार गर्न, कुराकानी गर्न, सरसफाइ गर्न, पोसीलो खाना खुवाउन, भेदभाव, सजाय र दुव्र्य व्यवहार नगरी आत्म विश्वासका साथ हुर्काउन सक्षम हुन्छन ।

मानिसको भविष्य वा चरित्र निर्माका लागि बाल्यकाल नै उपयूक्त समय हो । यस अवस्थामा बालबालिकाको प्रवृति बानि व्यवहोरा लचिलोपन हुन्छ । त्यसै अनुसार अभिभावकको सकरात्मक संस्कार पनि सकारात्मक हुन्छ । वर्तमान अवस्थामा प्रत्येक अभिभाव आफ्नो सन्तानको भविष्य प्रति चिन्तित छन । प्रन्येक अभिभावकले आफ्नो सन्तानले धेरै र गुणस्तरीय ज्ञान हासील गरोस भन्ने चाहन्छन । सन्तानलाई ज्ञान दिलाउन एक विद्यालयबाट अर्को विद्यालयको खोजीमा छन । तर मेरो दृष्टिकोषमा विद्यालयको भरमा मात्र बालबालिकालाई छाडिदिदा आफ्ना् जिम्मेवारी पुरा गरेको हुदैन । मैले यहाँ के भन्न खोजेको छु भने बालबालिकालाई राम्रो ज्ञान दिन वा भविष्यको गुणस्तरिय योजना बनाउन विद्यालय वा शिक्षकहरुले भन्दा बढी भूमिका अभिभावकले निर्वाह गर्नु पर्छ । अनि बल्ल बालबालिकाले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छन ।

काल बदलीयो रहनसहन बदलीयो, सोचाइ बदलीयो शिक्षा पद्धतीमा पनि नयाँ नयाँ योजना निर्माण भयो । परम्परागत युग देखि आधुनिक यूगमा वा कम्प्यूटर र इन्टरनेटको यूगमा पाइला टेकेको छ । एउटा रुख मुनि बसेर शिक्षा प्रदान गरिन्थ्यो भने अहिले एउटा निश्चित क्षेत्र भित्र रहेर नियम पूर्वक शिक्षा लिइन्छ । बालबालिकाले प्रदान गर्ने शिक्षा प्रतिस्पर्धात्मक यूगमा बढ्दै गएको छ । तर अभिभावकको सोचाइ अझै पनि बालबालिकालाई विद्यालय पठाए पछि आफ्नो बालबालिका प्रतिको कर्तव्य पूरा भयो भन्ने ठान्छन ।

यसकारण कुनै पनि अभिभावकले विद्यालयमा मात्र निर्भर नरही बालबालिकाको शिक्षामा सक्रिय सहभागीता जनाउनु पर्ने छ । किनभने आज भोलि विद्यालयलाई एउटा पसल र शिक्ष्कहरुलाई पसलका साउजी जस्तो सोचेका छन । यस्तो सोचाइले के पहिचान गर्छ भने अभिभावक आफना बालबालिकाको शिक्षा प्रति कुनै चासो राखेका हुदैन्न ।

शिक्षक र अभिभावक बिच दुरी बढ्दै गएको छ । विद्यालयमा शिक्षकबाट आयोजित बेठकहरुमा पनि आफ्नो सक्रिय सहभागीता जनाएको देखिदैन । यसबाट बालबालिकाको शिक्षा प्रति परिवारले शिक्षकलाई र शिक्षकले अभिभावकलाई आफ्ना इच्छा वा कुरा राख्न सक्दैन्न । बालबालिकालाई कसरी जान्ने बनाउन सकिन्छ भन्ने योजनाको साटासाट गर्न पाउदैन्न । अहिलेको यूगमा अभिभावक आफ्ना दैनिक कार्य वा जागिरबाट बालबालिकालाई समय दिन पाउदैन्न त्यसैले अभिभावकले बालबालिकालाई आफ्नो व्यस्त जिवनबाट केही सयम दिन सकेमा शिक्षामा सकारात्मक परिवर्तन आउन सक्छ । केही ध्यान बालबालिका प्रति आर्कसक भए पनि साझ थाकेर घर पुग्दा तिनीहरु बिचका भावना, कुरा वा जीज्ञासा राम्ररी सुनीदैन । बालबालिकाले अनगीन्ति रुपमा अभिभावक प्रति अपेक्षा राखेका हुन्छन ।

त्यो अपेक्षा परिवार प्रति प्रस्फुटन गर्न नपाउदा बालबालिकामा गलत धारणाको अविश्वास विकास हुन्छ । त्यसकारण बालबालिकालाई आफनो व्यस्त जीवनबाट केही समय निकाली उनीहरु प्रतिको अपेक्षा, कुरा, जिज्ञासा र शिक्षाका बारेमा जानकारी लिन सकिन्छ । बालबालिकालाई चाहिने शैक्षिक सामाग्री उपलब्ध गराई दिनु पर्छ । बालबालिकाहरुमा यस्ता कुरामा ध्यान दिन सकेमा उनिहरुको आत्मबल र आत्म विश्वास बढदै जान्छ ।
अभिभावकले आफनो व्यस्त जिवनबाट सयम निकालेर उनीहरुको विचार अवधारवणा जान्न जरुरी छ । यदि आफुले समय दिन नसक्दा आफना बालबालिकाहरुलाई विग्रिय र कुलत अवस्थामा जाने भए भनेर टोकासो गरी राख्न मिल्दैन । यसो गहिरिएर हेर्ने हो भने अभिभावक आफै जिम्मेवारीपूर्ण छैन्न । अभिभावकले आफ्नो रिस कहिल्यै पनि बालकालिका माथि प्रकट गर्नु हुदैन । उनिहरुको अगाडि घराएसी झगडा गर्नु हुदैन । बालबालिकाले कुनै गल्ति गरेको छ भने सम्झाउनु पर्छ । यसको विपरीत भएमा उनीहरु प्रति नकारात्मक विचार र प्रभाव पर्छ । उनीहरुमा घमण्ड बढ्दै जान्छ । यदि बालबालिकाबाट कुनै गल्ति भैइ हाल्यो भने पनि विस्तारै गल्तिको आभास गराउनु पर्छ । यसमा नै सवैको भलाई हुन्छ । बालबालिकाको अगाडि बसेर कुनै पनि नकारात्मक कार्य गर्नु हुदैन ।

अन्त्यमा म अभिभावकहरुलाई के भन्न चाहान्छु भने विद्यालयमा गइ आफ्ना बालबालिकाका शिक्षाबारे शिक्षकबाट जाकारि लिनुपर्छ । उनिहरुको भावना बुझि उनमा आत्म विश्वास र सकरात्मक विचार धारणा प्रकट गराउनु पर्छ । आफ्ना बालबालिकाको स्वास्थ्य प्रति पनि सचेत हुनु पर्छ । बालबालिकाको साथ कस्तो व्यक्तिसँग छ यस प्रति यहाहरुले चासो र जानकारी लिनु पर्छ । समय समयमा बालबालिकालाई प्रोत्साहित गराउनु पर्छ । बाहिरी मनोरञ्जन दिइ, उनीहरुलाई चित्त बुझ्दा कुराको महसुस गराउनु पर्छ । अभिभावको चाहनालाई जर्वजस्ति उनीहरु माथी लगाउनु हुदैन बालबलिकाको कुराहरु ध्यानपूर्वक सुनि दिनुपर्छ । घरमा प्रेमपूर्ण व्यवहार राख्नु पर्छ किनभने विद्यार्थीको बढी समय घरमा नै व्यस्थताको रुपमा हुने गर्छ । यस्तो गर्न सफल अभिभावकहरु आफनो लक्ष्य सत प्रतिशत सफल हुने देखिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौंमा मात्रै ३१ सय बढीमा संक्रमण पुष्टि

  २४ घण्टामा काठमाडौंमा मात्रै ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएअनुसार ३१६३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५४ जनाको मृत्यु भएको […]

You May Like

Subscribe US Now